जनकपुरधाम । महोत्तरीको गौशालाबाट लागु औषध गाँजा सहित एकजना युवक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।
बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित साहलाई प्रहरीले पक्राउ गरेको हो ।
हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार इलाका प्रहरी कार्यालय गौशालाबाट खटेको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !