जनकपुरधाम । तत्कालीन समाजवादी पार्टीबाट चुनाव जितेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् ।
जसपाका केन्द्रीय सदस्यसमेत रहेका मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका मेयर सरावगीलाई एमाले अध्यक्ष केपीशर्मा ओलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन । मेयर सरावगी आफू सहित ११ जना वडाध्यक्षलाई समेत एमलेमा प्रवेश गराएका हुन् ।
सरावगीले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका अजय द्विवेदीलाई हराएर महानगरको मेयर बनेका थिए । उनले अजयलाई १ सय ९६ मतले पराजित गरेका हुन् । सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार एक सय ९७ मत ल्याएका थिए ।
जसपा भित्र केही दिन यतादेखि विवादमा तानिएका मेयर सरावगी आफ्नो सेफ ल्याण्डिंग खोज्दै पुनः महानगरको मेयरमा निर्वाचनका लागि एमालेमा प्रवेश गरेको टिप्पणी भइरहेको छ । जसपाले आउदो स्थानीय तहको निर्वाचनमा मेयरका लागि अर्का उम्मेदवार खडा गर्ने भित्री तयारी गरिरहेको अवस्थामा सरावगीले सेफ ल्याडिंग गर्दै एमालेमा प्रवेश गरेको जसपाका एक नेताले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !