जनकपुरधाम । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेश प्रसाद सिंह निर्विरोध निर्वाचित भएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहको अध्यक्षतामा महासंघको वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट नयाँ कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।
महासंघको संस्थापक सदस्य हुँदै सिंह विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका छन । महासंघको निवर्तमान अध्यक्षमा श्यामप्रसाद गिरी, वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर कँडेल तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ निर्वाचित भएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुजगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता बास्कोटाको कोइराला, सहकारीतर्फ सत्य नारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्युत पाण्डे, सचिवहरूमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुजगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्र प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा ज्ञान बहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित भएका छन् ।
यसैगरी महासंघकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठन तर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने गर्ने र महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई स्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउने कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !