वीरगञ्ज । शसस्त्र प्रहरीले बारा जिल्लाबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको सूर्वाना गाउँपालिकास्थित सनफुलवाबाट सशस्त्र प्रहरी बल नेपालले ४५ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) गणेश ठाडा मगरको निर्देशनमा नेपालबाट भारततर्फ तर्फ तस्करी लगिएका उक्त परिणाममा गाँजा बरामद गरिएको हो ।
प्रहरीले सुवर्ण गाउपालिका–७ सनफुलवा नाकामा खटेका प्रहरीलाई देख्नसाथ गाँजा फ्याकेर तस्करहरु फरार भएका थिए । बरामद गरिएका गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी भइरहेको डिआइजी मगरले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !