जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको निर्वाचनको समाचार संकलनमा रोक लगाएपछि पत्रकारहरु धर्नामा बसेका छन ।
कांग्रेसको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा जारी मतदानको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई समाचार संकलनमा रोक लगाइएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन ।
गोलबजारस्थित जनता माध्यमिक विद्यालयमा जारी नेपाली कांग्रेसको मतदानको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई सुरक्षामा खटिएका प्रहरीले निर्वाचनमा स्थल भित्र प्रवेश गर्न रोक लगाइएपछि उनीहरु मतदान स्थल अगाडि नै सञ्चार सामाग्री राखेर धर्नामा बसेका हुन ।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू धर्नामा बसेका छन् ।
उनले भने, आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले लोकतन्त्रको आधार संचार क्षेत्रको स्वतन्त्रतामाथि हनन गर्दै समाचार संकलनमा रोक लगाउनु गलत हो । पत्रकारलाई मतदान स्थलभित्र छिर्न नदिनु संचार क्षेत्र मात्र होइन लोकतन्त्रमाथिकै नै प्रहार हो । सरोकारवालालाई पटकपटक आग्रह गर्दा सुनुवाइ नभएपछि अन्ततः हामी धर्ना बसेको छौं ।’
पत्रकार समाचार संकलनमा रोक लगाइएको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले भने मतदान अधिकृत सञ्जीवकुमार लामाको निर्देशनानुसार सुरक्षा निकायले पत्रकारहरुलाई मतदान स्थलभित्र प्रवेश गर्न नदिएको हो ।
हुनत सुरक्षामा खटिएका प्रहरीले विद्यालय परिसर बाहिर समाचार संकलन गर्न अनुरोध गरेको उनले बताए ।
यसैबिच, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले नेपाली काँग्रेस सिरहा जिल्लामा जारी निर्वाचनको क्रममा पत्रकारहरुलाई फोटो खिच्न, भिडियोग्राफी गर्न र समाचार संकलन गर्ने कार्यमाथि रोक लगाइनु गैरलोकतान्त्रिक कदम रहेको भन्दै घोर भत्र्सना गरेको छ ।
महासंघका प्रदेश अध्यक्ष राजेशकुमार कर्णद्वारा जारी सो विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षाको बहाना देखाई पत्रकारहरुलाई समाचार संकलन र सम्प्रेषण कार्यमा लगाएको प्रतिबन्ध संचारक्षेत्रको स्वतन्त्रमाथि हनन र गैर लोकतान्त्रिक अभ्यास हो भनी भत्र्सना गरिएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !