जनकपुरधाम । नेपाल इन्जिनियर्स एशोसिएशन (नेइए)को ३३ औं महाधिवेशनबाट केन्द्रिय समितिको नेतृत्वमा लोकतान्त्रिक इन्जिनियर समूहका दिलिप कुमार झा प्यानल विजयी हुने दाबी गरिएकाे छ ।
आउंदाे फागुन २७ गते महाधिवेशन झा सहित विभिन्न पाँचवटा समूहबाट उम्मेदवारी दिने घाेषणा गरिएकाे छ ।
उक्त महाधिवेशनमा लोकतान्त्रिक इन्जिनियर समूहले आफ्ना उम्मेदवारहरु घोषणा गर्दै यो समूहले लोकतान्त्रिक मूल्य मान्यता, पेशागत स्वतन्त्रता तथा समग्र इन्जिनियरहरुको हकहितको संरक्षणप्रति समर्पित रहेकोले विजयी हुने वक्ताहरूले दावी गरेका छन् ।
जनकपुरधाममा आईतवार लोकतान्त्रिक समूह एक भेला आयाेजना गरी उम्मेदवारी घोषणा गर्दै मत समेत माँगेका छन् ।
ईन्जिनियर झाले नेतृत्व गरेको समूहको मुख्य उद्देश्य भोलीका दिनमा ईन्जिनियरहरुको पेशागत हकहितको संरक्षण गर्ने, नव आगन्तुक ईन्जिनियरहरुलाई इन्टर्नशीपको व्यवस्था गर्ने, वेरोजगार इन्जिनियरहरुलाई रोजगारीको अवसर जुटाइदिने तथा ईन्जिनियरहरुको वीमा तथा स्वास्थ्य वीमा पनि निर्धारण गर्ने जस्ता प्रतिवद्धता जाहेर गरेका छन् ।
लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा ई. दिलिप कुमार झा, उपाध्यक्षमा ई. ऋषि कोईराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उपमहासचिवमा ई. सुधिर गुरागाई, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ, सहकोषाध्यक्षमा ई. संजय कुमार महतोले उम्मेदवारी घाेषणा गरेका छन् ।
त्यसैगरी सदस्य पदमा १२ जना र परिषदमा ई. रत्नेश्वरलाल कर्ण, पुनम, भगतमान सिंह प्रधान, टेकराज बाेहरा, राेमी मानन्धर सहित पाँच जनाले उम्मेदवारी दिएका छन् ।

ईन्जिनियर सत्यनारायण साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले लोकतान्त्रिक समूहको वृहत्तरको उद्देश्यमाथि प्रकाश पार्दै भने ‘गुणस्तरीय इन्जिनियरिंग शिक्षा, ईन्जिनियरहरुको सेवा सुविधा तथा क्षमताको अभिवृद्धिका साथै इन्जिनियरहरुको सम्मानजनक रोजगारी र इन्जिनियरंग सम्बद्ध निजी क्षेत्रको विकास र संरक्षणका लागि लोकतान्त्रिक समूह उपयुक्त रहेकाे छ ।
उनले राष्ट्रको समग्र विकास निर्माणमा इन्जिनियरहरुको योगदानलाई मर्यादित रुपमा स्थापित गर्न आवश्यक रहेको कुरामा जाेड दिदैं विभिन्न समूह छुट्टाछुट्टै नभई सर्वसम्मति वा दुईटा समुहकाे वातावरणमा नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष ई. धुब्रराज थापा, ई. चन्देश्वर रौनियार, महासचिवका उम्मेदवार कृष्ण सिंह बस्नेत, ई. रत्नेश्वर लाल कर्ण सहितले चुनावी घोषणा पत्र जारी गर्दै यहाँका इन्जिनियरहरुलाई अन्तर्राष्टिय स्तरमा कसरी स्थापित र पहिचान गराउन सकिन्छ लोकतान्त्रि इन्जिनियर समूहको लक्ष्य रहेको कर्णले बताए ।
कार्यसमितिको १२ जना सदस्यहरुको लागि ६२ जना प्रतिस्पर्धामा छन् भने झा समुहबाट मधेश प्रदेशमा दिपेन्द्र साहलाई जिताउन समेत वक्ताहरूले आग्रह गरे । २७ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि प्रदेशअनुसार मतदान केन्द्र तोकिएका छन् ।
निर्वाचनमा २२ हजार मतदाता
नेपाल इन्जिनियरिङ परिषदमा ६० हजार इन्जिनियर रहेकाेमा लाेकतान्त्रिक एशोसियसनमा मात्र करीब ३२ हजार सदस्य आबद्ध छन् । निर्वाचनमा करिब २२ हजार इन्जिनियरहरुको मात्र मतदाता नामावलीमा नाम रहेको छ ।
नेइएले निर्वाचनमा भाग लिनेलाई फागुन २५ गतेसम्म परिचयपत्र लिइ सक्न पनि आग्रह गरेको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र तोकिएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !