जनकपुरधाम । अर्काे बिहे गर्न सिरहामा एक युवक फेसबुक लभमा बिहे गरेका श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेकाे छ ।
सिरहाको कर्जन्हा नगरपालिका ७ का २३ वर्षीय अमर राउतलाई आफ्ना २२ वर्षीय श्रीमती पुजा सिंह भन्ने पुजा कुमारी पोदारको हत्या गरिएकाे आराेपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिएका छन ।
सामाजिक सञ्जाल फेसबुकमा प्रेममा परेर परिवारजनलाई जानकारी नदिई अमरले काठमाडौँ महानगरपालिका २० जैशिदेवलकि पुजासंग मन्दिरमा बिहे गरेका थिए, यसैबीच थप अर्को विहे गर्न अमरले पहिलो श्रीमती पुजाको हत्या गरेकाे प्रवक्ता बुढाथाेकीले बताए ।
गत मंगलवार कर्जन्हा नगरपालिकास्थित कमला नदि किनारको बांसघारीमा पुजाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा मृतककी श्रीमान अमरलाई शुक्रवार पक्राउ गरिएको प्रवक्ता बुढाथोकीले बताए ।
घटना बारे जानकारी दिदैं प्रवक्ता बुढाथाेकीले भने अमर बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको बेला पुजासँग फेसबुकमा चिनजान भई एक वर्षदेखि प्रेममा थियाे ।
कतारबाट फर्केपछि घरपरिवार जानकारी नदिई अमर गत वर्ष माघ १३ गते नेपाल फर्केपछि २७ गते काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए । विवाह गरेर दुबैजना काठमाडौं बाफलमा कोठा भाडामा लिई बस्दै आएका थिए ।
मृतक पुजा भने कानूनको विद्यार्थी रहेको थियो भने ल फर्महरुमा कार्यरत रहेकी थिइन् ।
अमरले आफ्नो घरमा विवाह बारे जानकारी दिएपछि घरपरिवारले स्विकार गरेनन् । अन्ततः घरपरिवारकाे दबावमा उनीहरूले खाेजेका केटीसंग बिहे गर्न पुजालाई छाडेर गाउँ आए । उनी नफर्केपछि पुजा काठमाडाैबाट फागुन १६ गते अमरलाई खोज्दा खोज्दै सिरहाको बस्तिपुर आईपुगे ।
पुजा सिरहा आएकाे जानकारी पाएपछि अमरसंग फाेन सम्पर्क गर्दा अमरले आफु बाहिर रहेकोले साँझमा लिन आउंछु भने पन्छिए ।
साेही बीचमा अमरले घरपरिवारकाे कुरा राख्न साथीहरुसँग सल्लाह गरेर हत्याको योजना बनाई बस्तिुपुर चोकबाट पुजालाई लिई अमरले घर लैजाने बहानामा कमला नदिको किनारमा एकान्त स्थलमा लगेर साथीहरुकाे सहयाेगमा घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता बुढाथोकीले बताए ।
घटनामा मुख्य आराेपी अमर पक्राउ परेपनि संलग्न अन्य व्यक्तिहरु अहिले फरार रहेका र तिनीहरूकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !