जनकपुरधाम, फागुन २१ गते । नेपाली कांग्रेस महोत्तरीको नेतृत्व संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मतले हात पारेका छन ।
दोश्रो चरणको चुनावी प्रतिस्पर्धाबाट बजरंग नेपाली हटेपछि र सुशील यादवकाे समर्थनले निर्वाचन बिना नै नागेश्वर यादव सर्वसम्मतबाट निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा बजरंग नेपाली, नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए । तर कुनैपनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेन ।
पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १ हजार ११, सुशिल यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत ल्याएका थिए ।
पछि दोश्रो चरणको निर्वाचन तय भएपनि सुशिल यादव समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि निर्वाचित भएको घोषणा गरिएको पूर्व जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए।
नागेश्वर र सुशील दुवै उम्मेदवार देउवा पक्षधर नै हुन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको सुशील पक्षधर नेताहरूको भनाइ छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !