जनकपुरधाम । नेशनल निजी तथा आवासीय विद्यालय एशोसियसन (एनप्याबसन) को नयाँ नेतृत्वका लागि पाण्डव हमालले उम्मेदवारी घोषणा गरेको छ ।
आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको ७ औँ महाधिवेशनमा पाण्डव हमालले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
जनकपुरधाममा शुक्रबार एनप्याबसन आवद्ध पदाधिकारीहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी हमालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए । एनप्याबसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले सो संस्थामा आफ्नो लगन, प्रतिबद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण हमालले उम्मेदवारी दिएको भने ।
सरकारले उच्च शिक्षामा प्रदान गर्ने छात्रवृत्तिको विभेद अन्त्यका लागि पहल गर्ने, नयाँ निजी विद्यालयहरुलाई प्रतिस्पर्धी रुपमा सञ्चालन गर्न पहल गर्ने, निजी विद्यालयको हकहित र संरक्षण तथा यसको संवर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न र शिक्षा ऐन मार्फत वैदेशिक प्रभावमा गरिएको विभेद अन्त्य लगायतका उद्देश्यका साथ हमालले आफ्नो उम्मेदवारी दिएको मिश्रले बताए ।
उनले भने हमालले ‘एनप्याबसनलाई सेवामूलक र व्यवसायिक संस्थाका रुपमा विकास गर्न, निजी विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हकहित, संरक्षण र संवर्द्धन गर्नुका साथै उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूतिका निरन्तर प्रयास गर्दै आएको र जितेपछि यसलाई संस्थागत गर्नेछ ।
अध्यक्ष पदका उम्मेदवार हमाल मधेस प्रदेशको सिरहा जिल्लास्थित लहान नगरपालिकाका स्थायीवासी चिल्ड्रेन मेरिन बोर्डिंग स्कूलका संचालन हुन । हमालको प्रतिष्पर्धी एनप्याबसनको वर्तमान महासचिव सुभाष न्यौपाने रहने अहिलेसम्म घोषणा गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमार्फत मिश्र स्वयंले पनि एनप्याबसनको प्रदेश अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनप्याबसनसँग प्रदेशका सबै मतदाता सहयोग रहेपनि समर्थन गर्न आग्रह गरे । देशभर एनप्याबसनसँग १ हजार ९ सय सदस्यहरु आवद्ध रहेका छन् भने प्रदेश २ मात्रै आवद्ध ७ सय सदस्य रहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !