जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनुषा जिल्लाकाे अधिवेशन शुरू भएकाे छ । नयां नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएकाे छ ।
संस्थापन पक्षधबाट एक जना र संस्थापन इतरबाट २ जना गरि सभापति पदका लागि ३ जनाले उम्मेदारी दर्ता गराएका हुन् ।
संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति संतोष यादव, संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र काेइराला समुहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादवले मनाेयन दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि गुटका हुन भने प्रसैला शेखर कोइराला गुटका छन् ।
त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जना, सचिव पदमा ९ जना र सहसचिवमा ६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि फागुन २३ गते चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन अध्यक्ष अरूण ज्ञवालीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !