जनकपुरधाम । फलफूल व्यवसायको आवरणमा लागूऔषध गाँजा बिक्री गर्ने गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ दुधमति चौक स्थित फलफुल व्यवसायी १९ वर्षीय अरूण कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फलफूल पसलमा प्रतिबन्धित लागूऔषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी छन ।
आरोपितको पसलबाट प्रहरी टोलीले खानतलासी गर्दा एक डिस्पोजल झोलाबाट कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको ९० ग्राम बराबरको १३ थान पुरीया गाँजा बरामद गरिएको प्रवक्ता बस्नेतले जनाएको छ । पक्राउ परेका साहमाथि लागूऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !