जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीभित्र विवाह रहेको बेला अध्यक्ष महन्त ठाकुरले आउंदो स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन ।
मंगलवार जनकपुरधाम आएका अध्यक्ष ठाकुरले विमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै भने आउंदो चुनावमा एमालेसँग स्थानीय स्तरमा आवश्यकता अनुसार छलफलपछि तालमेल र गठबन्धन हुन सक्छ तर अहिले सो सम्बन्धमा निर्णय अहिलेसम्म भएको छैन ।
एमालेसँग लोसपाको गठबन्धन हुने चर्चा रहेको भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष ठाकुरले स्थानीय स्तरमा एमाले मात्र नभई कुनैपनि दलसँग आवश्यकता अनुसार तालमेल हुन सक्छ, तर गठबन्धनमै जाने भन्ने निर्णय भएको छैन । यदि जानै परयो भने कार्यकारिणी समितिको बैठकबाट निर्णय भएपछि मात्र जाने हो, तर यस सम्बन्धमा पार्टी भित्र कुनै छलफल भएको छैन ।
उनले भने बढीभन्दा बढी स्थानीय तहमा सिट जित्न जहाँ हाम्रो उम्मेदवार हुँदैन त्यहाँ हामीले एमाले वा अन्य दललाई सहयोग गर्नेछौं र जहाँ मेरो उम्मेदवार जित्ने सम्भावना त्यहाँ अर्को दलसँग समन्वय गरेर अघि बढनेछौं ।
स्थानीय तहको चुनावका लागी निर्वाचन आयोगमा पार्टी दर्ता गर्न कार्यकारिणी समिति बैठक बिना नै अध्यक्ष ठाकुरले एकल निर्णय गरेको भनी विवाद पार्टी भित्र चर्किएको छ । आयोगमा अधिकारिताका लागि अध्यक्षको किर्ते हस्ताक्षर प्रयोग गरिएको विवाद उत्पन्न भएको हो ।
कार्यकारिणी समितिका एकजना सदस्यले निर्वाचन आयोगमा दर्ताका लागि कार्यकारिणी समितिको निर्णय अनिवार्य रहेको अवस्थामा बिना कुनै निर्णयको अध्यक्षज्यूले पार्टी गठनको बेला भएको हस्ताक्षर प्रयोग अधिकारिकताका लागि प्रयोगमा गरेको आरोप लगाएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !