जनकपुरधाम । महाशिवरात्री पर्वको अवसरमा जनकपुरधाम स्थित दशरथ युवा कमिटीले यसवर्ष लखराम पुजा गर्ने भएको छ ।
सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित सो कमिटीले प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा भगवान शिवपावर्ततीको मूर्ति स्थापना गरी पूजापाठ तथा भवन सन्ध्या गर्दै आएको थियो ।
तर यसवर्ष स्थानीयवासी तथा पुरोहितहरुको सुझावमा भगवान शिवपार्वतीको विशेष पूजाको रुपमा मानिने लखराम पुजाको आयोजना गर्न लागेको हो । कमिटीले दशरथ तलाउस्थित सन्त तुलसी दास स्मारक पार्कमा धुमधामका साथ लखराम पुजा, नजिकै रहेका महादेव मन्दिरमा विशेष पूजापाठ र भजन सन्ध्या कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष लवकुमार झाले जानकारी दिएका छन ।
२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री पर्व यसवर्ष पनि भव्यताका साथ मनाउन लागिएको कमिटीका अध्यक्ष झाले बताए । मंगलबार दिउँसो २ बजेदेखि लखराम पूजाको आयोजना गरिने र सन्ध्या ७ बजेदेखि भजन सन्ध्या सुरु हुने उनले जानकारी दिए ।
अध्यक्ष झाले जनकपुरधामवासीलाई पूजामा स–परिवार सहभागी भईदिन आग्रह समेत गरेका छन् । उनले ओझेलमा परेको दशरथ तलाउको सौन्दर्यीकरण र चौतर्फी विकासका लागि यस कमिटीले निरन्तर प्रयास गरिरहेको र यस कार्यलाई निरन्तरता दिने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !