जनकपुरधाम । अवैध रुपमा स्वास्थ्य संस्थाहरु संचालन निर्वाध रुपमा संचालन हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई सञ्चालन गरिरहेकालाई कारबाही गर्ने चेतावनी दिएका छन ।
कतिपय स्वास्थ्य संस्थाहरुले इजाजत नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराएको भनी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएको सम्बन्धमा समेत ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
‘जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण सोही नियमावलीको परिच्छेद–४ तथा अनुसूची–९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।
देशका विभिन्न स्थान सहित जनकपुरधाममै निजी स्तरमा दर्जनौ अस्पताल र नर्सिंगहोम सहितका स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन । जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण नगरभत्रि अवैध स्वास्थ्य संस्थाहरु फस्टाउंदै गएको हो ।
उपमहानगरपालिकासँग नगरभित्र कतिको स्वास्थ्य संस्थाहरु संचालनमा रहेको छ भन्ने तथ्यांक समेत रहेको छैन । उपमहानगरले स्वास्थ्य संस्था संचालन सम्बन्धी कानून बनाउन नसक्दा मापदण्ड विपरित दिनहुँ स्वास्थ्य संस्थाहरु खुल्ने क्रम जारी रहेको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !