काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी नेपालका लागि आर्थिक परियोजना रहेको बताएका छन् ।
मन्त्री शर्माको पार्टी माओवादी केन्द्रले विरोध गरिरहेको बीच उनले संसदमा पेश भएको एमसीसीमाथिको छलफलमा साँसदहरुले राखेको सवालमाथि बोल्दै उनले एमसीसी नेपालको विकासका लागि आर्थिक परियोजना रहेको बताए ।
‘राष्ट्रिय महत्वको मुद्दामा छलफल भएको छ, माननीयहरुले उठाउनु भएको विषयप्रति सरकारको ध्यानाकर्षण छ,’ उनले भने,‘सरकार नेपालको राष्ट्रिय स्वाभिमान, अखण्डता, सामाजिक व्यवस्थाप्रति जिम्मेवार छ ।’ उनले एमसीसी नेपालले विकासका लागि अन्तरराष्ट्रिय सन्धिमै टेकेर पारित गरिने बताए ।
‘हामी शान्ति चाहन्छांै । नेपाललाई शान्तिको देशको रुपमा उभ्याउन चाहन्छौं, उनले भने, ‘राष्टिय सहमतिका रुपमा निर्णय गर्ने प्रयासमा छौं ।’ सरकार कुनै पनि गलत सम्झौता गर्न नसक्ने बताउँदै नेपालको हितका लागि एमसीसी जरुरी रहेको उनको भनाइ थियो । ‘संविधानको रक्षा गर्नेछ सरकारले,’ उनले भने ‘यो सरकारको जिम्मेवारी हो ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !