एजेन्सी, काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध लगाएको छ ।
रुसले युक्रेनमा हमला गरेपछि रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री सर्गेई शोइगुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ईयूले रक्षामन्त्रीसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ भने भिसामाथि प्रतिबन्ध लगाएको छ ।
त्यस्तै, ईयूले रुसको सरकारी टेलिभिजन आरटीका प्रधान–सम्पादकको सम्पत्ति रोक्का गर्दै भिसामाथि प्रतिबन्ध लगाएको छ । पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध थप कडाइ गरेका छन् ।
ईयूसहित पश्चिमी मुलुकको क्रेमलिनको प्रोपागाण्डामा संलग्न भएको भन्दै आरटीकी मार्गारिटा सिमोन्यान, रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभा र क्रेमलिनको पक्षमा लेख्दै आएका भ्लादिमिर सोलोभ्यभ र पिटर टोल्सटोयमाथि पनि प्रतिबन्ध लगाएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !