जनकपुरधाम । नेपाली जनताको हक अधिकार विरुद्ध अब कुनैपनि षडयन्त्र भए आउने दिनमा अब मधेशबाटै अझ शक्तिशाली आन्दोलन आन्दोलन हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन ।
आइतवार मधेश प्रदेश सरकारका मधेशी शहीद प्रतिष्ठानद्वारा जनकपुरधाममा आयोजित २७ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि अध्यक्ष प्रचण्डले भने मधेश प्रदेश सरकारले आज आयोजना गरेको जनयुद्ध दिवसले हामीले नयाँ बाटो देखाएको हो ।
उनले भने मधेश प्रदेशले सरकारी स्तरबाट गरेको यो कार्यक्रमले देश र विदेशभरि नै नयाँ सन्देश दिन खाजेकोले छ, यसलाई अन्य बाँकी छौं प्रदेश र स्वयं केन्द्रिय समितिले यसको अनुसरण गर्नुपर्ने आवश्यकता रहेको छ । अध्यक्ष प्रचण्डले पाँच दलिय गठबन्धन तोड्ने षडयन्त्र पहिलो दिनदेखि हुँदै आइरहेकोले, शान्ति सम्झौता र १२ बुंदे सम्झदारी मन नपराउनेहरु अहिलेपनि त्यस विरुद्ध लागेको आरोप लगाउंदै त्यस विरुद्ध संघर्ष विगतका दिनमा पनि गरियौं र अझपनि गरिरहेका छौं बताए ।
उनले यी जनयुद्ध कार्यक्रमले हामीलाई थप उर्जा प्रदान गरेको छ, हामीलाई तोड्न सामान्तवादीहरुबाट विगतमा पछि चलखेल भयो र अहिलेपनि धेरै भ्रमहरु फैलाइरहेको छ, तर जनताको साथ र बलियो विचार भएको कारण हामीले त्यस परास्त गर्न सफल भएका छौं ।

माओवादीबाट मात्र मधेसले आत्मसम्मान पाएको दाबी गर्दै अध्यक्ष प्रचण्डले देशमा संघीय व्यवस्था र समावेशी समानुपातिक लोकतन्त्र माओवादी आन्दोलनकै कारण नेपाली जनताले पाएको दाबी गरे । सो कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, संघीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव, पुर्व मन्त्री मातृका यादव लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा मधेस प्रदेश सरकारले माओवादी सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका मधेश प्रदेशका ८ वटै जिल्लाका ४० जना सहिद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरी सम्मान गरेको थियो ।
शहीद परिवारहरुलाई दोसल्ला ओढाई अध्यक्ष प्रचण्डद्वारा सो रकम सहितको चेक र सम्मानपत्र प्रदान गरिएको थियो । ती सहिद परिवारहरूलाई तीन चरणमा एक÷एक लाख रुपैयाको दरले तीन लाख रुपैयाँ दिने मधेश सरकारको योजना रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !