जनकपुरधाम । बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषा अगाडि एक कुमारी आमाले प्रदर्शन गरेकी छन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।
सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् । हाल उनको दुई वर्षको छोरा छन् ।
निहारिका ले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर केही अधिकारकर्मीहरूकाे सहयाेगमा प्रदर्शन गरेकी छिन। श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले ‘अब पनि न्याय दिने कि नदिने ?, अपराधीलाई कारबाही गर, सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो’ जस्ता नारा लगाएकी थिइन् ।
तीन वर्षअघि जनकपुरधाममा पढ्न बसेकी निहारिका र श्रेष्ठबीच प्रेम थियो । साे क्रममा आपसी सहमतिमै शारिरीक सम्पर्कमा थिए । त्यस शारीरिक सम्बन्धबाट निहारिका गर्भवती भएकी थिइन । गर्भवती निहारिकाले बिहेकाे प्रस्ताव गर्दा श्रेष्ठले गर्भ फाल्न दिएर सम्पर्कविहिन भयाे ।

निहारिका आमा बनिसके पनि दुवै कुरा नमिलेपछि न्यायका लागि उनले प्रहरीमा उजुरी दिइन । तर प्रहरीले आपसी सहमति गरिएकाे शनरिरीक सम्बन्धलाई बलत्कार भन्न नमिल्ने भन्दै सहमतिकाे प्रयास गर्दा पनि नहुंदा प्रमाण अपुग भएकाे भन्दै रिहा गरेकाे थियाे ।
त्यसपछि न्यायका लागि उनी अदालतमा मुद्दा दायर गरेकी थिइन । झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछिल्लाे पटक सफाइ दिएको हाे ।
आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाव दिएको उनले बताएकी छिन् । निहारिकाले भनिन गर्भ फाल्न दबाव दिंदा आफू नमानेपछि आफुसंग बिहे गर्नबाट अस्वीकार गरि श्रेष्ठ फरार भयाे ।
महिला अधिकारकर्मी सविता यादव, कल्याणी चौधरी पनि प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले अदालतले पीडितलाई झन् पीडित र पीडकलाई झन् शक्तिशाली बनाएको टिप्पणी गरे ।
निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेकी थिइन् । सरकारी वकीलले सोमबारको पेशी सारिदिने भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । तर सोमबारको पेशी सरेन र अदालतले श्रेष्ठलाई सफाइ दियो ।
फैसला सुनेपछि निहारिका छोरा लिएर जनकपुरधाम आएकी थिइन् । श्रेष्ठ छुटेपछि आफूले झन् कलंकित महसुस गरेको उनले बताइन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !