Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

झा दम्पति हत्या प्रकरणमा निर्दाेषलाई फसाउन खाेजिएकाे हरेन्द्रकाे परिवारकाे आराेप


झा दम्पति हत्या प्रकरणमा निर्दाेषलाई फसाउन खाेजिएकाे हरेन्द्रकाे परिवारकाे आराेप

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाका झादम्पतीको गत वर्ष भएको हत्या आरोपमा प्रहरीकाे फितिलाे अनुसन्धानका कारण निर्दाेषलाई फंसाउन खाेजिएकाे आराेप लगाइएकाे छ ।

जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन् ।

प्रहरीले जानीबुझी हत्यामा संलग्न रहेकाहरुलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको हरेन्द्रको छोरा केशव ठाकुरले आरोप लगाए ।

अदालतमा दिइएको बयानहरुमा मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने कैलाशले योजनामा संलग्न रहेकाहरुको दिएका नामहरुमध्ये हरेन्द्रलाई मात्रै पुरपक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाले बताए ।

हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा– ५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुरपक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।

पुर्वपक्षमा पठाइएका ३ जनालाई केही दिन अगाडी मात्रै उच्च अदालत जनकपुरले धरौटीमा छोड्ने आदेश दियो । गत महिना पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुरपक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादव जनही पाँच लाख धरौटीमा छोड्न आदेश दियो । सुरेन्द्र र राजेन्द्र दूबै दाजु भाई हुन् ।
यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई २ लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छोडिसकेको छ ।

गत वर्ष फागुन १० गते घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो । हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ गते पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा पुरिएको अवस्थामा फेला पारिएको थियो ।

झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । जसमध्ये ५ जनालाई धरौटीमा छोडि सकिएको छ भने बाँकी ३ जनालाई पुरपक्षका लागि थुनामै राखेर मुद्दा अगाडी बढाउन भनिएको छ ।

झा दम्पतिलाई गत वर्ष फागुन १० गते राति वेपत्ता पारिएको थियो । वेपत्ता पारिएका दम्पति न जीवित न उनीहरुको शव महिना दिनसम्म फेला पर्यो । बृद्ध दम्पतिलाई प्रहरीले न उद्धार वा न शव पत्ता लगाउन सकिरहेको बेलामा राष्ट्रव्यापी रुपमै दवाब परिरहेको थियो ।

सो घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले त गरि नै रहेको थियो त्यसमाथी प्रदेश प्रहरी कार्यालय र सीआइबीको टोलीले समेत छुट्टै अनुसन्धान गरिरहेको थियो । सीआइबीको टोललीले अनुसन्धान शुरु गरेपछि मात्रै गत वर्ष चैत १२ गते प्रहरीले झा दम्पतिको शव जमिन मुनि गाडिएको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले झा दम्पतिको शव फेला पार्नु अघि गत वर्ष चैत ५ गते सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । शव भेटिएको ३ दिनपछि सहोडवाकै तारादेवी झा र उनको छोराहरू कैलाश झा र विकास झालाई पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानमा देखिएका छिद्रहरु

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरि सकेको थियो । तर हत्याको स्पष्ट कारण भने पत्तो लागेको थियो । पछि प्रहरीको अनुसन्धानले भारतीय नागरिक हरेन्द्र जग्गाकै लागि मुसाफिर झा र गीता देवी झाको हत्या गराउन लगाएको देखाइएको थियो ।

तर हरेन्द्रको परिवारले प्रहरीको अनुसन्धानमाथी नै प्रश्न उठाई रहेका छन् । जग्गाकै कारण आफ्नो बुवाले बृद्ध दम्पति गराएको प्रहरीको दावीमा कुनै आधार नरहेको हरेन्द्रको छोरा केशव दावी गर्छन् ।

उनका अनुसार मुसाफिरको १४ कठ्ठा जग्गा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको कित्ता नम्बर ४१८मा रहेको छ । सोही ठाउँमा कित्ता नम्बर ३८१, ३८२, ६६८, ७४९, ७५०, ७७९, ७८०, ७२३, ७९८, ८२१, ८२२, ९०१ र ९०२ को जग्गा मिलाएर एउटै प्लटमा २ बिघामा फैलिएको हरेन्द्रको पोखरी छ ।

यसका साथै हरेन्द्रले त्यहीँ १८ विघामा प्लटिंग गरेका छन् । प्लटिंगमा माटो पुर्ने काम त्यही पोखरीबाट माटो ल्याएर गर्दै आएका थिए । प्रहरीका अनुसार सो प्लटिंगबाट पोखरीसम्म पुग्नका लागि बाटो बनाउने आवश्यक्ता हरेन्द्रको थियो ।

जसका लागि मुसाफिरलाई जग्गा बेच्न दवाब दिएको र जग्गा बेच्न नमानेपछि उनको हत्या गर्न लगाइएको प्रहरीको दावी छ । यद्यपि प्रहरीको दावीमाथी प्रश्न उठाउँदै हरेन्द्रको छोरो केशवले भने ‘मुसाफिर झाको जग्गा पोखरीभन्दा उत्तर तर्फ कित्ता नम्बर ९५को विद्यालयको जग्गा, कित्ता नम्बर ९६को चन्देश्वर ठाकुर र कित्ता नम्बर ५५८ को फेकु मुखियाको जग्गापछि मात्रै मुसाफिरको जग्गा पर्छ, मुसाफिरभन्दा पहिले यी दुईको जग्गा लिनु पर्ने आवश्यक्ता थियो ।’

उनले अगाडी भने ‘मेरो बुवाले यहाँ प्लटिंगको कामको प्रगति नदेखेर यहाँको काम बन्द गरेर ४ वर्ष अगाडी नै काठमाडौँमा काम शुरु गरेका थिए ।’ प्रहरीले हरेन्द्रलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेको भनेको थियो । यद्यपि हरेन्द्रको परिवारका अनुसार प्रहरीले उनलाई काठमाडौँबाटै पक्राउ गरेको थियो ।

हरेन्द्रको मुद्दा लड्दै आई रहेका अधिवक्ता देवेन्द्र ठाकुर निरालाले प्रहरीले अनुसन्धानलाई नै फितलो बनाएको आरोप लगाएका छन् । उनले हत्यामा संलग्न रहेको मुख्य व्यक्ति कैलाशसंग हरेन्द्र न कहिल्यै फोनमा कुरा भएको र न कहिल्यै भेट भएको दावी गरे ।

उनले भने ‘प्रहरीले अनुसन्धान कमजोर पार्नका लागि रामजी यादव, संतोष यादव, राममणिष यादव, हरेन्द्र ठाकुर, सोगारथ यादवको कल डिटेल लिइएकोमा रामजी, संतोष र राममणिषको कल डिटेलको रेकर्ड मिसिलमा शामिल गरिएको छैन ।’ मृतक दम्पतिको बुहारी अंशु झा, उषा झा, तारा देवी झा, बबलु झा र कैलाश झाको पोलिग्राफी टेष्टको रिपोर्ट मिसिलबाट गायब गरिएको अधिवक्ता निरालाले दावी गरे ।

मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी थिए । उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर ११ वर्ष अगाडी अवकाश प्राप्त गरेका थिए । उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गथ्र्यो । र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे ।

मोसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर १ वगरामा रहेको एक मोही जग्गाको साक्षीमा बसेका थिए । गत वर्ष फागुन ११ गते सोही जग्गा विवादलाई लिएर जिल्ला अदालत महोत्तरीले फैसला सुनाउने बाला थियो । तर फागुन १० गते रातिनै उनीहरुको अपहरण भएको थियो । तर प्रहरीले सो जग्गासंग जोडेर कुनै अनुसन्धान नगरेको अधिवक्ता निरालाको भनाई छ ।

यसका साथै मुसाफिरको नातामा भतिजो पर्ने कैलाशले त्यहीँका ललित झालाई व्यापारका लागि भारतमा ट्रक खरिद गर्न आर्थिक रुपले सहयोग गरेका थिए । तर ललितले पछि पैसा फर्काएनन् । त्यसपछि कैलाशले मुसाफिरलाई बोलाई ललितलाई राखेर पंचैती गराउन लगाएका थिए । तर तिमीसंग कागजात छैन, पैसा तिमीले पाउँदैनौँ भनी फैसला सुनाएका कारणले पनि कैलाशले मुसाफिरको हत्या गर्न सक्ने तर्फ अनुसन्धान नै नगरेको हरेन्द्रको परिवारले आरोप लगाएको छ ।

मृतक दम्पतीकै शव एक महिनासम्म थुनामा रहेका कैलाश झाको घरमा जस्ताको ठूलो बाकसमा राखिएको थियो । तर प्रहरीले कैलाश झा अतिरिक्त उनको आमा तारा देवी झा, कैलाशलाई हत्या गर्नका लागि बृद्ध दम्पतिलाई बेहोस पार्न औषधी खुवाउने बृद्ध दम्पतिको ठूली बुहारी अंशु झा लगायतमाथी सही ढंगले अनुसन्धान नगर्नुले प्रहरीको अनुसन्धानमाथी प्रश्न चिन्ह खडा भएको अधिवक्ता निरालाको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव