जनकपुरधाम। किसानहरुको समस्या पहिचान तथा समाधान गर्न मधेश प्रदेश सरकारले प्रदेश एक उच्च स्तरीय समिति गठन गरेको छ ।
प्रदेह सरकारको शनिवार बिहान बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।
साे समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकास सर्राफ सदस्यकाे रूपमा रहेकाे छ ।
समितिले कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या , विमाको अवस्था, डुवान कटानको अवस्था , कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था , मधेश प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारको लागी गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन ।
समितिलाई १५ दिन भित्र अन्तरिम प्रतिवेदन र एक महिना भित्र पुर्ण प्रतिवेदन बुझाउने मन्त्री परिषदमा पेश गर्ने समयावधि दिइएको प्रवक्ता साहले बताएका छन ।
एक महिनाभन्दा बढी समयदेखि जनमत पार्टीद्वारा जारी किसान आन्दाेलनकाे समस्या प्रादेशिक स्तरमा समाधान गर्न साे समिति गठन गरिएकाे बुझिएकाे छ । हुनत जनमत पार्टीले प्रधानमन्त्रीकाे नेतृत्वमा उच्चस्तरीय समिति गठनकाे मांग गर्दै आएकाे छ ।
जनमत पार्टीले जारी राखेकाे किसान आन्दाेलनकाे माग सम्बाेधन गर्न समिति गठन गरिएकाे भन्ने जिज्ञासामा प्रवक्ता साहले भने जनमत पार्टीकाे माग सम्बाेधन भन्दापनि किसानलाई देखिएकाे समस्याकाे दृष्टिगत गर्दै समिति गठन गरिएकाे हाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !