जनकपुरधाम । तेज हावाहुरीका कारण धनुषा र राैतहट सहित मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ।
बिहीबार रातिदेखि जारी हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।
शुक्रवार दिउंसाे साढे १२ बजेतिर हावाहुरीले अचानक मसालाको रूख विद्यालय प्रंगनमा खेलिरहेका ती बालिकामाथि नै ढल्दा त्यसमा च्यापिएर मृत्यु हुन गएकाे उनले बताए । दुबै जनाको टाउकोमा गम्भीर चोट लागेकाे कारण घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका १ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !