जनकपुरधाम । बाराका एक वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साह रहेकाे अख्तियारले जनाएकाे छ ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग तीन हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन ।
सेवाग्राहीले दिएको सूचनाको आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले घुसकाे रकमसहित वडासचिव साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !