जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकर्ताको आक्रमणबाट सिराहामा एक प्रहरी हवल्दार घाईते भएकाे छ ।
जिल्लाको कासहा चाेकमा टायर बालेर प्रर्दशन गर्ने क्रममा सार्वजनिक सम्पतिमा ताेडफाेड गर्न खाेज्दा प्रहरी राेक्दा प्रदर्शनकारीले गरेकाे ढुंगा र भाटा प्रहार गरेकाे थियाे ।
प्रदर्शनकारीकाे आक्रमणबाट पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ लम्हरीयाका प्रहरी हवल्दार लालबाबु अंसारी घाईते भएका हुन ।
जनमतका कार्यकर्ताले प्रहार गरेको ढुंगाले अंसारीकाे दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । घाइते अंसारीकाे आरके मेडिसिटी अस्पताल सिराहामा उपचार भईरहेको जनाइएकाे छ ।
जनमत पार्टीले बिहीवार बिहानैदेखि मधेशसँग जोडिएको पूर्वपश्चिम राजमार्ग बन्द गरी प्रर्दशन गरीरहेका छन ।प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ।
राजमार्ग अबरूद्धका कारण केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन बिहानैदेखि चल्न सकेकाे छैन । राजमार्ग क्षेत्रमा प्रहरी परिचालन गरिपनि ठाउँ ठाउंमा भइरहेकाे प्रदर्शनले सवारी साधन चल्न सकेकाे छैन ।
किसानहरूकाे समस्या सहित ११ बुंदे माग लिएर एक महिनाभन्दा बढी समयदेखि किसान आन्दाेलन गरिरहेकाेमा आफुहरूकाे मागलाई बेवास्ता गरिएकाे भन्दै जनमत पार्टीले बिहिवारदेखि अनिश्चितकालिन हाइवे बन्दकाे घाेषणा गरि प्रदर्शन गरिरहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !