Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तराई राजधानी हस्पीटलले फेरी लियो एक बच्चाको ज्यान, क्षतिपूर्ति दिएर घटना ढाकछोप


तराई राजधानी हस्पीटलले फेरी लियो एक बच्चाको ज्यान, क्षतिपूर्ति दिएर घटना ढाकछोप

जनकपुरधाम । पटक पटक विवादमा तानिदै आएका जनकपुरधामको रामानन्द चौक स्थित तराई राजधानी हस्पीटलको लापरवाहीका कारण फेरी एक बच्चाको ज्यान गएको छ ।

बिना दर्ता अवैध रुपमा सञ्चालित सो अस्पतालले सम्बन्धित निकायको मौनताको फाइदा उठाउंदै उपचार खर्च मिनाहा र क्षतिपूर्ति दिएर अस्पतालका सञ्चालक डा. भगवान सहनी उम्किदै आएको छ ।

पछिल्लो पटक महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ६ किसान नगर स्थित चौलेखा बजार निवासी आशिक साहलाई अस्पतालका व्यवस्थापक र चिकित्सकको लापरवाहीका कारण मंगलवार राति आफ्नो बच्चाको ज्यान गुमाउनु परेको छ । तर यसअघि जस्तै पिडित परिवारलाई उपचार खर्च मिनाहा गरेर कारवाहीबाट डा. सहनी उम्किन सफल भएका छन ।

यस्तो छ घटना

प्रसव पीडा तेज भएपछि गत माघ १३ गते नै आशिकले आफ्ना गर्भवती श्रीमति अमृता देवी साहलाई दिनको करीब १२ बजेतिर अस्पतालमा भर्ना गराएका थिए । अस्पतालका डाक्टर गंगा प्रसाद यादवले नर्मल डिलेभरी हुँदैन अपरेशन गर्नुपर्छ भनी अपरेशन गरिदिए ।

अपरेशनपछि ३ किलो २ सय ग्राम वजनको स्वस्थ्य बच्चा पनि जन्मियो, दिनभरि ठिक रहयो, सांझ पख बच्चाले मैला खाइसकेको छ भनी भेन्टिलेटर सहितको एनआईसीयूमा राखिदियो । बच्चाका बुवा आशिक सहितका अभिभावकले बच्चाको अवस्था राम्रो छैन भने बाहिर लग्छु पटक पटक आग्रह गर्दा चिकित्सक गंगा साह र अस्पतालका मैनेजर विकास चौधरीले यही ठिक गरिदिन्छ भनी शुक्रवार र शनिवार दिउंसोसम्म उपचार गरे ।

बच्चाको अवस्था झन बिग्रिदै गएपछि बच्चाका अभिभावकसँग कुनै छलफल वा सोधपुछ नै नगरी शनिवार दिउंसो ५ बजे अस्पताल व्यवस्थापकले आफै एम्बुलेन्स गरी आफ्ना कर्मचारी मार्फत जानकी मन्दिर पछाडि रहेको रामजानकी अस्पतालमा पठाइ दियो । रामजानकी अस्पतालमा पनि बच्चाका बुवा आशिकले यहाँ ठिक हुँदैन मेरो बच्चालाई दिनु बाहिर उपचारका लागि लग्छु पटक पटक आग्रह गर्दा पनि यहीं ठिक हुन्छ भनी जान दिएन ।

अन्ततः आइतवार, सोमवार र मंगलवार दिउंसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, सो अस्पतालमा गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौ । अभिभावकले बच्चा मांग्दा अस्पतालको एक लाख दस हजार रुपैया बिल तिर्नुस अनि मात्रै बच्चा लग्न दिन्छु भनेपछि विवाद उत्पन्न भएको हो ।

पिडीत आशिकले भने एक त यहाँ गलत उपचार गरेर बच्चाको अवस्था गम्भीर बनाई दियो, फेरी कमीशनको चक्करमा यहाँका चिकित्सक र व्यवस्थापकले रामजानकी अस्पतालमा पठाई दियो । हामीलाई यहाँ शुरुमै बच्चाको अवस्था गम्भीर छ भनी रेफर पुर्जी दिइ दिएको भए धरान, काठमाडौ वा भारत नै राम्रो उपचारका लागि लग्न सक्थे, तर पैसा कमाउने चक्करमा यी अस्पतालले मेरो बच्चाको ज्यान लिएको छ ।

बुधवार बिहानैदेखि पिडीत पक्षका आफन्तहरुले अस्पतालका संचालक र उपचारमा संलग्न चिकित्सकलाई आउन पटक पटक आग्रह गर्दापनि नआएपछि तिनीहरुले अस्पताल परिसरमा हो हल्ला गरेका छन ।

पिडीत परिवारले आफूहरुको मांग सम्बोधन नभए यो अवैध अस्पताल विरुद्ध कानूनी उपचार खोज्न प्रहरी निकाय र अदालतमा जाने चेतावनी दिएपछि घटना स्थलमा पुगेका जानकी प्रहरी चौकीका सईको नेतृत्वमा पुगेको प्रहरी टोलीले पांच घण्टाको विवादपछि उपचार खर्च मिनाहा गर्ने भन्ने दुवै पक्षलाई सहमति गराएर घटनालाई ढाकछोप गरेका छन ।

क्षतिपुर्ति दिएर घटना ढाकछोप

तराई राजधानी अस्पतालको यो पहिलो घटना होइन यसअघि पनि आधा दर्जनभन्दा नवजात शिशुको अस्पतालका लापरवाहीका कारण मृत्यु भइसकेको छ ती घटनाहरुमा पनि उपचार खर्च मिनाहा र क्षतिपुर्ति दिएर अस्पताल सञ्चालक कारवाहीबाट बचेका छन ।

केही दिनअघि कात्तिक २७ गतेका दिन सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहले जन्माएकी शिशुको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको थियो । सो बेला पनि पीडीतका आफन्तहरुले निकै हो हल्ला गरेको थियो ।

तरपछि उपचार खर्च मिनाहा र करीब तीन लाख रुपैया क्षतिपुर्ति दिने सहमतिमा अस्पतालका सञ्चालक डा. भगवान सहनीले घटनालाई ढाकछोप गरेका थिए । सो अघि धनुषाको नगराइन नगरपालिका २ बस्ने विजय मण्डलकी २५ वर्षीया पत्नी रोशनी मण्डलले जन्माएकी बच्चाको पनि मृत्यु भएको थियो ।

त्यसमा पनि क्षतिपूर्ति र सम्बन्धित निकायलाई घुस खुवाएर उम्किन सफल भएका थिए । अवैध रुपमा सञ्चालित सो अस्पतालले यसरी प्रत्येक पटकको घटनामा पिडीत परिवारलाई क्षतिपूर्ति र सम्बन्धित निकायलाई घुस खुवाएर घटनालाई ढाकछोप गर्दै आफ्नो पेशालाई निरन्तरता दिदै आएका छन ।

अवैध आफू मात्र होइन, सबैलाई कारवाही होस

यता, अस्पतालका व्यवस्थापक (मैनेजर) विकास कुमार सिंहले सो नवजात शिशुको उपचारमा अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन । उनले भने, ‘बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि आफू कहाँ भेन्टिलेटरको सुविधा नभएको कारण रामजानकीमा पठाएको त्यहाँ बाच्न सकेन भने मेरो के गलती ।

अवैध रुपमा अस्पतालमा सञ्चालन गर्नु कतिको उचित हो भन्ने प्रसंगमा सिंहले सो अस्पताल बिना दर्ताको अवैध रहेको स्वीकार गरी ढांट्दै भने जनकपुरमा यो अस्पताल मात्रै होइन ९० प्रतिशतभन्दा बढी अवैध छन सम्बन्धित निकायले कारवाही गर्छ भने सबैलाई गरोस, सबै अस्पताल बन्द हुन्छ भने आफूपनि बन्द गर्छु ।

बिना कुनै मापदण्ड पुरा र दर्ता बिना अस्पताल सञ्चालन गरेर बिरामीको ज्यान लिनु कानून अपराध रहेको जिज्ञासामा अस्पतालतका सञ्चालक डा. सहनीले भने बिरामीलाई बचाउने भन्दा पनि उपचार गर्ने हाम्रो जिम्मेवारी हो, बिरामी बच्दैन भने हामी के गर्ने । जहाँसम्म दर्ताको कुरा प्रक्रियाका अघि बढाइसकेका छौं, नगरपालिकामा फाइल पठाएको छौं अहिलेसम्म दर्ता गरेको छैन मेरो के गलती ।

उपमहानगरपालिकाको लापरवाही

स्वास्थ्य सेवा प्रदान गर्र्न निजी अस्पताललाई कम्पनी रजिष्टारको कार्यालय र स्थानीय तह वा सम्बन्धित निकायमा दर्ता भई अनुमति लिएर मात्र संचालन गर्न पाउने प्रचलित कानूनमा व्यवस्था छ । तर सो अस्पतालले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएपनि २५ बेड भएको कारण स्थानीय तहमा दर्ता अहिलेसम्म दर्ता रहेको छैन ।

यसमा अस्पताल भन्दा पनि जनकपुरधाम उपमहानगरपालिकाको गम्भीर लापरवाही रहेको छ । उपमहानगरपालिकाले अहिलेसम्म स्वास्थ्य सेवा सञ्चालन, व्यवस्थापन तथा अनुगमन सम्बन्धि कार्यविधि समेत तयार पार्न सकेको छैन, उपमहानगरभित्र कतिको अस्पताल छ भन्ने अहिलेसम्म न त कुनै अभिलेख राखेको छ न अनुगमन नै गरेको छ । उपमहानगरपालिकाको लापरवाहीका कारण जनकपुरधाम भित्र एक दर्जनभन्दा बढी निजी अस्पताल अवैध रुपमा संचालमा छन ।

हस्पीटलको अवस्था

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ रामानन्द चौकमा डा.भगवान सहनी र डा.गंगाप्रसाद यादवले सञ्चालन गरेको तराई राजधानी हस्पिटलले मात्र २२ शैयामा संचालनमा छन । त्यसमा न त पार्किंग, कुरुवा बस्ने, आईसीयू÷एनआईसीयू लगायतका कुनैपनि मापदण्ड पुरा गरेको छैन ।

सो अस्पतालमा न त आफ्नो प्याथलोजी ल्याब छ, न एक्सरे वा सिटी स्कायन लगायतका व्यवस्था, न अपाङ्ग मैत्री, दलालको भरमा डेढ वर्षदेखि संचालकले अवैध रुपमा संचालनमा गर्दै आएका छन । आधा दर्जनभन्दा बढी उजुरी जिल्ला प्रहरी कार्यालय, उपमहानगरपालिकाको कार्यालय र प्रदेशका स्वास्थ्य महाशाखामा उजुरी परेपनि कुनै चासो लिइएको छैन ।

अस्पताल प्रवेश गर्ने मुख्यद्वारको बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बर नलेखि त्यसलाई दर्ता नम्बर भनेर उल्लेख गर्दै बिरामी ठग्दै आएको पाइएको छ । यस अस्पतालले २०७७ असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई त्यसको दर्ता नम्बर २४३१५५ पाएको छ । तर, बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बरलाई बिरामी झुक्याउन दर्ता नम्बर भन्दै उल्लेख गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ बैशाख ८, बिहीबार १४:१०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ बैशाख ८, बिहीबार १४:१०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ बैशाख ८, बिहीबार १४:१०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ बैशाख ८, बिहीबार १४:१०
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ बैशाख ८, बिहीबार १४:१०
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ बैशाख ८, बिहीबार १४:१०

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव