जनकपुरधाम । प्रशासनिक तथा आवास भवन सहितका आफ्ना स्थायी संरचना निर्माणका लागि मधेश प्रदेश सरकारले अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
मन्त्रिपरषदको बसेको बैठकबाट भौतिक पुर्वाधार तथा विकास मन्त्री रामसरोज यादवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन ।
सो समितिमा अर्थमन्त्री साह सहित उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुध्न महतो, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री भरत साह सदस्य रहेका छन ।
सो समितिले भवन सहितका स्थायी भौतिक संरचनाका लागि जग्गा खोजीदेखि प्राविधिक सहित बजेट श्रोत व्यवस्थापनसम्मको कार्य गर्नेछ । यही समितिले पछि विभिन्न प्राविधिक र अर्थ विज्ञ सहितका व्यक्ति राखेर विज्ञ समिति गठन गर्नेछ । सो समितिले दिएको प्रतिवेदनको आधारमा प्रदेश सरकारले कार्य बढाउने प्रवक्ता साहले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !