जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वर्षकाे अवधिमा अर्बाै रूपैया बराबरकाे सम्पति जाेडेका छन ।
वि.सं. २०४८ सालमा पहिलो पटक गृहमन्त्री बन्दा उनकाे आफ्नाे नाममा केही नभई डडेलधुरा र कञ्चनपुरमा बुवा तथा भाइहरूको नाममा करिब २९ बिगाहा जमिन मात्रै थियो। तर अहिले बुढानिलकण्ठमा अलिशान भवन सहित अर्बाैका सम्पतिका मालिक भएका छन ।
पहिलो पटक मन्त्री भएर सम्पत्ति विवरण सार्वजनिक गर्दा उनले आफ्नो नाममा सम्पत्ति नभएको विवरण पेस गरेका थिए । पटक पटक ताकेतापछि करीब ११ महिनापछि सम्पति विवरण पेश गरेका थिए ।
स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी गृहमन्त्री थिए । जेठ १२ गते प्रधानमन्त्रीमा नियुक्त कोइरालाले १५ गते देउवालाई गृहमन्त्रीमा नियुक्तिको सिफारिस गरेका थिए। बहुदलपछिको पहिलो सरकारले भदौ २१ गते प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो।
उकेरा अनलाईनमा प्रक ाशसित समाचारमा बेला सम्पत्ति विवरणमा देउवाको घर घडेरीमा छैन भन्ने लेखिएको थियो। तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको सम्पत्ति विवरण मन्त्रिपरिषद् सचिवालयमा एक महिनाभित्र बुझाउने निर्णय गरेको थियो ।
देउवाले बुझाएको सम्पत्ति विवरणमा उनकाे नाममा केही सम्पति नभई बाबु र भाइहरूको नाममा २९ बिगाहा जग्गा मात्रै रहेको विवरणमा उल्लेख थियो। एमालेका मनमाेहन अधिकारी नेतृत्वको सरकार ढलेपछि २०५२ साल भदौ २६ गते देउवा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । बहुदलपछिको चौथो प्रधानमन्त्रीकाे रूपमा देउवाले नाम लेखाउन सफल भएका थिए।

पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले नियुक्तिको ८ महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन् । गृहमन्त्री हुँदा पिता र भाइहरूको नाममा २९ बिगाहा मात्रै जग्गा रहेको विवरण सार्वजनिक गरेका देउवाले प्रधानमन्त्री बनेपछि डडेलधुरामा २५० रोपनी र कञ्चनपुरमा १० बिगाहा सगोलको जग्गा रहेको विवरण सार्वजनिक गरेका थिए ।
सुन र सुनको गहना अनुमानित ८० तोला, चाँदी र चाँदीका भाँडाकुँडा अनुमानित दुई हजार तोला र जवाहरात सहितका गहना रहेको देउवाले सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । दोस्रो पटक सम्पत्ति विवरण सार्वजनिक गर्दा उनी विवाहित भइसकेका थिए।
श्रीमती आरजु राणाको नाममा काठमाडौँ र भक्तपुरमा गरी पाँच रोपनी तीन आना एक पैसा तथा बर्दिया जिल्लामा सात बिगाहा ६ कट्ठा तीन धुर जग्गा रहेको देउवाले सम्पत्ति विवरणमा उल्लेख गरेका थिए। श्रीमती आरजुको नाममा नेपाल ग्रिण्डलेज बैङ्क तथा हिमालयन बैङ्कमा गरी १५ लाख रुपैयाँ नगद रहेको उल्लेख थियो।
चौथौँ पटक प्रधानमन्त्री हुँदा अर्बैकाे सम्पत्ति
देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्रीमा नियुक्ति भए। ०७४ सालमा देउवाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा डडेलधुराको २५० रोपनी जग्गा घटाएर ५६ रोपनी १७ आना र कञ्चनपुरमा भने १० बिगाहा नै जग्गा पिता प्रसादसिंह देउवाको नाममा रहेको विवरण बुझाएका थिए ।

८० तोला सुन, श्रीमती आरजु राणा देउवाको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेनन् । उनले १० थान असर्फी, चार तोलाका दुई वटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्ना रुवी र मुगा जडित औँठी सहितकाे अर्बाै रूपैया बराबरकाे सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
तर आँखाले देख्ने बुढानीलकण्ठको घर र जग्गाको विवरण, आरजु देउवाकाे नाममा संचालित म्यानपावर, आईएनजीओ, निजी गाडी, छाेराकाे नाममा रहेकाे सम्पति र व्यवसाय समेत सार्वजनिक नगरी देउवाले आफ्नो नाममा सेयर, सवारीसाधन नरहेको विवरण बुझाएका थिए ।
उनी पाँचौँ पटक २०७८ साल असार २९ मा प्रधानमन्त्रीमा नियुक्त देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएकाे छ तर, मन्त्रिपरिषद्बाट सार्वजनिक नगर्ने निर्णय बमाेजिम सार्वजनिक गरिएकाे छैन ।
मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सम्पत्ति विवरण गोप्य राखिने भन्ने व्यवस्था भएकाले प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक नगरिएको बताए । साभार : उकेरा

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !