काठमाडाै । केही समय यता तराई-मधेशका डां सीके राउत नेतृत्वकाे जनमत पार्टीकाे नेतृत्वमा भइरहेकाे किसान आन्दोलनकाे मागलाई सम्बोधन गर्न मधेशी आयोगले आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गरी मधेशी आयोगले बीउ मलसहितका सामाग्रीहरु समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन तीनै तहको सरकारलाई अपिल गरेको हाे ।
त्यस्तै बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगले किसानहरुको आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लंघन भएको भन्दै आन्दोलनरत पक्षलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आग्रह गरेको छ ।
जनमत पार्टी नाम किटान नगरेपनि हाल किसान आन्दाेलन जनमतले नै आन्दाेलन गर्दै आएकाे कारण त्यसतर्फ इगित गरेकाे छ ।
‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो । तसर्थ राज्य संयमित भई समाधानार्थ कार्य गर्नु पर्दछ । यसका साथै आन्दोलनकारी किसानहरु पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगवाट नै अगाडी बढाउनु पर्ने आयोगको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !