जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन ।
राष्ट्रियसभा निर्वाचनमा अन्य खुल्ला पुरूषतर्फ मधेश प्रदेशमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका मोहम्द खालिद सिद्धकी र महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी भएकी हुन । दुवैलाई विजयी उम्मेदवारलाई निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले विजयी घोषणा गर्दै प्रमाण पत्र वितरण गरेका थिए । सिद्धकीले २ सय ४६ मत सहित ६ हजार ६ सय ७८ मतभार ल्याएर विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्दी एमालेका उस्मान अन्सारीले १ सय १२ मत सहित २ हजार ७ सय ६६ मत ल्याएका थिए ।
सिद्धकी प्रदेश सभा सदस्यतर्फ ७५ र १ सय ७१ स्थानीय तह तर्फ मत ल्याएका थिए भने अन्सारीले प्रदेश सभा सदस्यतर्फ २५ र स्थानीय तहतर्फ ८७ मत ल्याएका थिए । कुल ३ सय ६६ खसेको मत मध्ये प्रदेश सभा सदस्यतर्फ २ र स्थानीय तर्फ ६ गरि ८ मत बदर भएको थियो । त्यस्तै महिला समूहतर्फकी उर्मिला अर्यालले २ सय २७ मत सहित ६ हजार १ सय ५६ मतभार ल्याएर विजयी भएकी हुन । उनले प्रदेश सभा सदस्यतर्फ ६९ र स्थानीय तह तर्फ १ सय ५८ मत ल्याएकी थिइन ।
उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी रूपा यादवले १ सय ८ मत सहित २ हजार ७ सय ५४ मत ल्याएकी थिइन । त्यस्तै अर्का उम्मेद्वार बीना साहले ९ मत ल्याएकी थिइन । कुल ३ सय ६६ खसेको मत मध्ये ३ प्रदेश सभा सदस्यतर्फ ३ र स्थानीय तर्फ १६ गरि १९ मत बदर भएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !