जनकपुरधाम । जनमत पार्टीका ७ जना कार्यकर्तामाथि प्रहरीले मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्ने प्रयास गरेकाे भन्दै मुद्दा चलाउने तयारी गरेकाे छ ।
बुधवार प्रहरीले निर्वाचन विथाेल्ने प्रयास गरेकाे भन्दै प्रदर्शनमा उत्रेका जनमतका ७ जना कार्यकर्तालाई जनकपुरधामको विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे ।
जनमतका कार्यकर्ताहरुले बाँसको भाँटा सहित मतदन स्थल नजिक र पुर्वपश्चिम राजमार्ग अन्तर्गत पिराडी चाेकमा प्रदर्शन गरेकाे थियाे ।
मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ७ वटा गाडीमा जनमतका कार्यकर्ताहरूले तोडफोड र ढुंगा प्रहार गरि ३ जना जनप्रतिनिधि, एकजना चिकित्सक र चारजना प्रहरी घाइते बनाएकाे धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएकाे छ ।
पक्राउ परेका सातैजना विरुद्ध कानून अनुसार मुद्दा चलाउने तयारी भइरहेकाे उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !