Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश प्रदेशले आंशिक उपलब्धी भएको भनी चित बुझाउंदै आन्दोलनकारीहरु


मधेश प्रदेशले आंशिक उपलब्धी भएको भनी चित बुझाउंदै आन्दोलनकारीहरु

जनकपुरधाम । प्रदेश २ को नामाकरण मधेश प्रदेश कायम भएपछि प्रदेशमा कतै खुशीयाली त कतै विरोधका स्वर उठिरहेको बेला मधेश आन्दोलनका अग्रपंक्ति आन्दोलनकारी युवाहरु सन्तुष्ट देखिएका छैनन ।

मधेश आन्दोलनका बेला अहरोत ज्यानसम्मैका बाजी लगाएर आन्दोलन गरेका युवाहरुले प्रदेशको नामाकरण मधेश प्रदेश हुँदा आन्दोलनको आंशिक मांग मात्र पुरा भएको बताउंछन । आन्दोलनका विभिन्न मांग मध्ये तराई मधेशका २२ वटै जिल्लालाई समेटेर समग्र मधेश एक प्रदेश पनि थियो तर हाल घोषणा भएको मधेश ८ जिल्लालाई मात्र समेटिंदा आंशिक मात्र पुरा भएको उनीहरुको भनाई छ ।

विभिन्न तीन चरणमा भएको मधेश आन्दोलनमा अग्रपंक्तिमै रहेर प्रमुख भूमिका निर्वाह गरेका जनकपुरधाम स्थित युवाहरुमा असन्तुष्टि भएपनि मधेश प्रदेश नामले पहिचान पाएकोले आंशिक मांग पुरा भएको भन्दै खुशीपनि व्यक्ति गर्छन । मधेश जनविद्रोह २०६३ आन्दोलनकारी समूहका संयोजक दिपक झा भन्छन हामीले मधेशका समग्र २२ वटै जिल्लालाई समेटेर मधेश प्रदेशको मांग गरेका थियौं त्यसका लागि विभिन्न तीन चरणमा आन्दोलन पनि गरयौं त्यसमा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मधेशी जनता सहभागी थिए ।

तर मधेश प्रदेशमा ८ जिल्लालाई मात्र समेटिंदा निकै दुख लागेको छ । जे भएपनि राज्य पक्षले मधेशीलाई स्वीकार नगर्ने अवस्थामा कम्तिममा ८ जिल्लावासीले पनि आफ्नो पहिचान मधेश प्रदेश पाउंदा आंशिक भएपनि कतै न कतै खुशी पनि छु । उनले भने मधेश आन्दोलनको १५ वर्षको अवधिमा हामीहरुले उठाएको मांगहरुमा आंशिक उपलब्ध मात्र हासिल भएको छ । जसको प्रमुख दोषी आन्दोलनलाई हाइजैक गरेर रातारात नेता बनेकाहरु हुन । तिनीहरुले सत्ता भत्ताका लागि मधेशका मुद्दा नै बेचेर आन्दोलनकारीहरुका माग नै तुहाएका छन ।

त्यस्तै अर्का आन्दोलनकारी अरुण मधेशी पनि प्रदेशको नाम मधेश प्रदेशले हामीले आंशिक उपलब्धी मात्र हासिल गरेका छौं भन्छन । उनले भने मधेशमा आफ्ना सर्वश्व लगाएका मधेशी जनताहरुले २२ जिल्लाको मधेश प्रदेशको मांग गरेका थिए, तर सत्ताका लागि ईमान बेचेर मधेश केन्द्रित दलहरुले ८ जिल्लामा सिमित गरे । आफ्नै नेताहरुले गद्दारी गर्दा निकै दुख लागेको छ तर मधेश प्रदेश नामाकरणले सदियौंदेखि अपहेलित हुँदै आएका हामी मधेशीले पहिचान पाएकोले गर्व पनि लाग्छ ।

आन्दोलनकारी अरुणले भने मधेश आन्दोलनमा हामीले रोजगार सहितको सर्वश्व गुमायौं, तर पायौं के पहिचान बाहेक शुन्य । आन्दोलनको बलमा नेता बनेकाहरुको रजाई नै छ, हामीले आफ्नो सरकार पाएपनि आन्दोलनकारीहरु बेरोजगार छन, ती निकायहरुमा नेताका नेताहरुको भाईभारदार र पार्टीका कार्यकर्ताहरु थलाथुम भरिएका छन ।

मधेश आन्दोलनका अग्रपंक्तिमा रहेर खटेका युवाहरु मध्ये महांशकर ठाकुर पनि एक हुन । उनी भन्छन नाम र पहिचानको लडाईमा मधेश प्रदेश नामाकरणले हामीले आंशिक उपलब्धी हासिल गरेका छौं, तर आन्दोलनमा सहभागी अन्य मधेशी जिल्ला पनि समेटने प्रयास यहाँका नेतृत्ववर्गहरुलाई गर्नुपर्छ । किनकी हामीले ८ जिल्लावासीले मात्रै पहिचान पाउंदा आन्दोलनमा सहभागी मधेशका अन्य जिल्लावासीका साथ बेइमानी हुनेछ ।

आन्दोलनको गएको १५ भित्र आफ्नो सरकार, समानुपातिक, राज्यको निकायहरुमा मधेशीको पहुँच पनि त पाउनु भयो यो पनि मधेशी जनताका लागि उपलब्धी नै हो भन्ने जिज्ञासामा उनले भने — हो हामीले पाएका छौं तर त्यो पनि आंशिक रुपमा नै पाएका छौं । हामीहरुको मांग पुर्ण समानुपातिक निर्वाचन प्रणाली, जनसंख्याको आधारमा आरक्षण कोटा र प्रदेशको मांग गरेका थियौं । ती आंशिक रुपमा मात्र पुरा भएको छ ।

मधेश आन्दोलनमा योद्धाको रुपमा परिचित इन्द्रकुमार मधेशानन्द पनि मधेश प्रदेश नामाकरण आंशिक उपलब्धी मात्र हासिल भएको बताउंछन । उनले भने ८ जिल्लाको भएपनि राज्य पक्षले मधेशी शब्दलाई स्वीकार गरी आफूहरुलाई पहिचान दिएको त्यो नै ठूलो कुरा हो । मधेश प्रदेशमा ८ जिल्ला बाहेक अन्य मधेशी जिल्ला समेटिएकोमा दुख पनि तर त्यसको प्रमुख दोषी यहाँका नेतृत्व दलहरु नै हुन जसले सत्ता पाउन आन्दोलनलाई तुहायो ।

मधेश आन्दोलनमा सिपाही झै खटेका मधेशी आन्दोलनकारी समूहका युवा शम्भु झाले मधेश प्रदेश पाएकोमा आफू गर्व महसूस गरिरहेको बताउंछन । हिजोको दिनसम्म मधेशीको म शब्दसम्म सुन्न नसक्ने शासक वर्गले मधेशीलाई स्वीकार गरी मधेश प्रदेशमा सहमति जनाएकोमा आफ्नो जीत भएको उनी भन्छन ।

उनी पनि अन्य मधेश आन्दोलनकारी युवा झै दुखी छन मधेशका २२ जिल्ला मध्ये १४ जिल्ला मधेश प्रदेशमा समेटिन नसकिंदा । उनी भन्छन प्रदेश २ बाहेक ती १४ जिल्लाका ५८ जनाले मधेश प्रदेशकै लागि शहादत दिएका थिए, तर हाम्रै नेतृत्वकर्ता दलहरुको स्वार्थका कारण छुटन गएको दुखद कुरा हो । आन्दोलनको १५ वर्षको अवधिमा तपाईहरु आफ्ना मांगहरु मध्ये धेरै कुराहरु पाउनु भयो अब के को आन्दोलन भन्ने प्रसंगमा झाले भने केही नपाएको पनि होइन आंशिक रुपमा अधिकांश मांग सम्बोधन भएको हो । तर त्यसलाई पुर्णता दिन आफूहरुको आन्दोलन जारी रहनेछ ।

उनले भने जनसंख्याको आधारमा मधेशीको सेना तथा राज्यको हरेक निकायमा पहुँच, २२ जिल्लाको मधेश प्रदेश, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, आत्मनिर्णय सहितको स्वायत प्रदेश र भूगोलको आधारमा प्रदेशको बाँडफाँड लगायतका मागहरुमा आंशिक सम्बोधन मात्र भएको छ, यसलाई पुर्णत दिन पुनः आन्दोलनको आवश्यकता छ र त्यसका लागि हामी तयार छौं ।

मधेश आन्दोलन अघि देखि नै गजेन्द्रनारायण सिंहको पालादेखि मधेशको मुद्दामा आन्दोलन युवा मध्येका रमण सिंह पाण्डे प्रदेशको नाम मधेश पाउंदा खुशी देखिएको छैन । उनी भन्छन मात्र ८ जिल्लाको मधेश प्रदेश हामीसँग बेइमानी छ, हामी यसलाई कुनैपनि हालमा स्वीकार्दैनौं । मधेश प्रदेशका लागि २०६३ सालदेखि होइन २००९ सालदेखि नै छिटफुट रुपमा आन्दोलन हुदै आएको हो । कहिले स्वतन्त्र तराईको नाममा त कहिले स्वायत मधेशको नाममा, तर अहिले हामी मात्र ८ जिल्ला पाएका छौं, यो सरासर बेइमानी हो ।

आफूलाई आन्दोलनका नेतृत्वकर्ता भन्नेहरुले सत्ता स्वार्थका लागि मधेश आन्दोलनका सम्पूर्ण मागलाई तह लगाएर धेरथोर सम्बोधन गराएर आन्दोलनलाई तिलाञ्जली दिएर धोखाधडी गरेको भनी आक्रोश गर्छन । उनी भन्छन अब आफ्ना सम्पूर्ण माग सम्बोधन गराउन कुनै नेताको नेतृत्वमा नभई जनताको अगुवाईमा आन्दोलनको आवश्यकता छ । ती आन्दोलन राज्य पक्षसंगै आफ्ना प्रदेश सरकार र कथित नेतृत्वकर्तावर्गहरुको विरुद्ध हुन्छ ।

मधेश आन्दोलनको बदौलत संघीयता आएको गर्व गर्नेहरु नेतृत्व लिंदै आंशिक उपलब्धी हासिल भएको भन्दै आन्दोलनता संघ र प्रदेश सरकारमा पटक पटक गएर तर आन्दोलनमा सहभागी भएका जनताको बारेमा कहिलैपनि नसोचेको ती युवाहरुको आरोप छ । आन्दोलनको बदौलत हालको मधेश प्रदेशको सरकार मधेश केन्द्रित दलकै छ । तर मधेशी जनताको हक अधिकार पुरा गर्नुको सट्टा नातेदार तथा पार्टीका कार्यकर्तालाई ठाउं दिएर भ्रष्टाचारमा लिप्त छन, जसको पछिल्लो उदाहरण साइकल खरीद अनियमिता हो ।

मधेश प्रदेशमा सरकार गठन अघि निर्वाचनमा आन्दोलनमा हरेक शहीद तथा घाइते परिवारलाई रोजगार र उनको बालबालिकालाई निशुल्क शिक्षा तथा विकासमा पहुँच हुने नारा दिइएको थियो । तर एउटा पनि शहीद परिवारलाई स्थायी रोजगार दिइएको छैन, केहीलाई करारमा साल दुई सालका लागि मात्र खटाइएको छ, न कुनै शहीद वा घाइते परिवारका बालबालिकालाई निशुल्क शिक्षा दिइएको छ । विकासको नाममा पार्टीका कार्यकर्ता र नातेदारलाई ठेकेदार बनाई रकम भ्रष्टाचार गर्दै आएको आरोप पटक पटक लाग्दै आएको छ । साभार : इकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ माघ ९, आईतवार १९:१७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ माघ ९, आईतवार १९:१७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ माघ ९, आईतवार १९:१७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ माघ ९, आईतवार १९:१७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ माघ ९, आईतवार १९:१७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७८ माघ ९, आईतवार १९:१७

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव