जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहलाई धनुषा जिल्ला अदालतमा हाजिर हुनु परेको छ ।
पत्रकार कुटपीट प्रकरणमा नगर प्रमुख लालकिशोर साहले पत्रकारलाई आफ्नै कार्यकक्षमा हुलहुलज्जत, दुव्र्यवहार तथा गालीगलौजसहित गरेको मुद्दामा उनलाई धनुषा जिल्ला अदालतमा हाजिर हुनु परेको हो ।
अदालतले मेलमिलापका लागि माघ १७ गते दुवै पक्षलाई उपस्थित हुन आदेश गरेकाे छ । साे दिन पनि मेयरलाई छलफलका लागि उपस्थित हुनु पर्नेछ ।

जानकी मन्दिरको पर्खाल तोडेर सडक विस्तार गर्नेक्रममा नगर प्रमुख साहले ८५ लाख रुपैयाँ स्थानीयवासीसंग घुस वापत रकम लिएको भनि आरोपको सवालमा प्रतिक्रिया लिन जाँदा उनले पत्रकारलाई कार्यकक्षमै दुव्र्यवहार तथा गालीगलौज सहित हातपात समेत गरेका थिए ।
करिब दुई अघि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा लालकिशोर साहले आफ्नै कार्यकक्षमा कार्यकर्ता तथा गुण्डा भिडाएर अपमानसहित कुटपीट गरेका थिए ।
सो विषयमा नगर प्रमुख साहलाई धनुषा जिल्ला अदालतमा हाजिर हुनु परेको हो । अदालतले सो मुद्दा मेलमिलाप फाँटमा पठाएका छन् ।
यता नगरप्रमुख साहबाट पीडित पत्रकार अमरकान्त ठाकुरले नगर प्रमुखले सार्वजनिकरुपमा माफी माग्नु पर्ने अडान कायमै राखेका छन् । उनले माफी नमागेको खण्डमा अदालतले कडा सजाय दिनुपर्ने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !