जनकपुरधाम । संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई गौर नरसंहार घटना दोहराई दिने चेतावनी दिएकी छिन ।
बुधवार गौरमा मधेश आन्दोलनको स्मरणमा आयोजित बलिदानी दिवसको अवससरमा आयोजित कार्यक्रममा डा. राउतलाई चेतावनी दिदैं भने आफ्नाे विरोध गरे भने तपाईं र तपाईका कार्यकर्ता मारिन्छ सचेत रहनुस ।
डा. राउतप्रति आक्रोशित हुंदै उनले भनिन् मधेश आन्दाेलन ब्युतिएकाे छ तर राइस मिल अहिले पनि जिवितै छ । गौरमा फट्टा देखाउने प्रयास नगर, यहाँ लाठी भाँच्ने मानिस पनि छन । तुफानसँग टकराउने प्रयास गरे भने राइस मिलकाे पुरानाे नरसंहारको घटना दाेहरिन सक्छ, डा. साहेब तपाई र तपाईका कार्यकर्ता घेराहाली मारिनेछ, त्यसैले सतर्क रहनुस ।
उनले आफ्नो अभिव्यक्तिमा डा. राउतलाई चेतावनी दिदैं भनेकी छिन हामी बलिदानी दिवस मनाउन आएका छौं, फट्टा देखाउने काम नगर्नुस, यदि कलेजोमा ताकत छ, गाईं भैंसीको दुध खाएको छ भने सिंहदरबारमा गएर घेराउ गर, गाई भैंसीको दुध खाएर रगत बनाएका हामीलाई घांसफुस खाएर फुर्ति नदेखाउ, हामीसंग लड्ने प्रयास नगर्दा नै बेस हुन्छ नत्र परिणाम नराम्रो हुन्छ ।
एउटा बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु अभिव्यक्तिले राजनीतिक कोलाहल नै उत्पन्न भएको छ । उनको अभिव्यक्तिले प्रष्ट गर्छ कि २०६३ सालमा २७ जनाको हत्या हुने गरी नरसंहार घटना उनकै तात्कालिन पार्टी मधेशी जनअधिकार फोरम नेपालले गराएको हो ।
सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फट्टा उठाएमा त्यही हालत हुने चेतावनी दिएको भिडिओ अहिले भाइरल भइरहेको छ ।
मन्त्री यादवकाे साे अभिव्यक्तिले २०६३ साल चैत ७ गते गाैरमा २८ जनाकाे पाश्विक तरिकाले गरिएकाे हत्या सहितकाे घटना उनी आबद्ध तात्कालिन मधेशी जनअधिकार फाेरमले नै घटाएकाे प्रष्ट हुन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !