जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे वीरगञ्जस्थित घरमा ढुङ्गा प्रार गरि ताेडफाेड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का २६ वर्षिय युवक सुमन पटेल रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
मंगलवार दिउंसाे करीब ३ बजेकाे समयमा प्रदेशकाे नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाे विराेध गर्दै एक समुहले निकालेकाे माेटरसाइकल रैलीकाे क्रममा मुख्यमन्त्री राउतकाे वीरगञ्ज महानगरपालिका १३ स्थित तेजारथ टाेलमा रहेकाे घरमा ढुंगा प्रहार गरेकाे आराेपमा सुमनलाई पक्राउ गरिएकाे प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएकाे छ ।
विरोधस्वरुप निस्केको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा सुमनले मुख्यमन्त्रीज्यूको घरमा ढुंगा प्रहार गरेकाे र साेबाट घरकाे २ वटा सिसा फुटेकोमा निजलाई बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरेकाे प्रवक्ता खनालले बताए ।
आराेपित सुमन विरूद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जनाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !