जनकपुरधाम । प्रदेश २ प्रदेश सभा विरुद्ध पत्रकारहरुले आन्दोलन गरेका छन ।
सोमवार समाचार संकलनका लागि फोटो र दृश्य खिच्न नदिएको भन्दै प्रदेश सभा भवन अगाडी संचार उपकरण सामाग्री राखेर पेनडाउन गरी आन्दोलनमा उत्रेका थिए । प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धमा भइरहेको मतदानमा समाचार संकलनबाट अवरोध गरेको भनी पत्रकारहरु विरोध गर्दै आन्दोलनमा उत्रेका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाईमा दुई दर्जनभन्दा बढी पत्रकारहरुले आ आफ्नो संचार उपकरण राखि करीब ४ घण्टासम्म प्रदेश सभा भवन अगाडि धर्नामा बसेका थिए । राजधानी घोषणा भएपछि सभामुख सरोज यादवले सर्वदलीय समितिको निर्णय अनुसार मतदान स्थलमा जान नदिइएको भनी गलती स्वीकार गरेपछि पत्रकारहरुले आन्दोलन फिर्ता लिएका थिए ।
आन्दोलन फिर्ता लिइएपनि पत्रकारहरुलाई मतदान प्रक्रियाको फोटो र दृश्य खिच्न दिइएन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !