जनकपुरधाम । प्रदेश २ काे स्थायी राजधानी र नामाकरणप्रति मुख्यमन्त्री लालबाबु राउत गैरजिम्मेवार रहेकाे आराेप लगाइएकाे छ ।
आइतबार प्रदेशको नाम र राजधानी बारे समितिकाे प्रतिवेदनमाथि छलफलका प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहभागी नभई धनुषाकाे मुखियापट्टी मुसहरनियामा पार्टीद्वारा आयाेजित कार्यक्रममा सहभागी भएपछि यस्ताे आराेप लगाइएकाे हाे ।
प्रदेश सभाकाे बैठकमा प्रदेश सभा सदस्य रानीशर्मा तिवारीले भनिन् – हाम्रा मुख्यमन्त्रीज्युलाई प्रदेशकाे नाम र राजधानी भन्दा आफ्नाे जसपा पार्टीकाे प्रवेश कार्यक्रम महत्वपुर्ण छ, बढदाे काेराेना संक्रमणलाई बेवास्ता गरि पार्टी प्रवेश कार्यक्रम आयाेजना गर्नुले जनताप्रति कति जिम्मेवार हुन कुरा प्रष्ट हुन्छ ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्य तिवारीले मुख्यमन्त्रीज्यु प्रदेशको नाम र राजधानीको निक्र्यौल लगाउने विषय र जनताकाे स्वास्थ्यप्रति कतिकाे गम्भिर हुन भन्ने कुरा पार्टी प्रवेश कार्यक्रमलाई ग्राहयता दिई प्रदेश सभाकाे बैठकलाई बेवास्ता गर्नुले देखाएकाे भनिन् । उनले भनिन् प्रदेशकाे नाम र राजधानीप्रति गम्भीर नभएपनि जनताकाे स्वास्थ्यप्रति गम्भीर हुन उहांलाई जरूरी छ, सरकारका मुखिया भएर तिव्र रूपमा फैलिरहेकाे काेराेना संक्रमणलाई बेवास्ता गरि हजाराैकाे भीड गराउनु भनेकाे तिनीहरूकाे स्वास्थ्यसंग खेलवाड गर्नु हाे । सताधारी दल जसपा पार्टीले मुखियापट्टी मुसहरनियाकाे बैरियामा आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रम बारे समाजिक सञ्जालमा निकै आलाेचना भइरहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !