जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको सभापतिमा देउवा समुहबाट सन्तोष कुमार यादवलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ ।
आउंदाे माघ १५ गते हुने निर्वाचनमा देउवा समूहबाट जिल्ला सभापतिका लागि वर्तमान उपसभापति यादवकाे नाम अधिकारिक रूपमा केन्द्रीय सदस्य रमेश रिजालले घाेषणा गरेका छन ।
शनिवार जनकपुरधाममा आयाेजित साे घाेषणा सभामा काँग्रेसका केन्द्रिय सदस्य आनन्द ढुंगाना, सह महामन्त्री महेन्द्र यादव र प्रदेश अध्यक्ष कृष्णा यादव सहितकाले पनि देउवा पक्षबाट संयुक्त रुपमा यादवलाई उम्मेदवार घोषणा छन् ।
यादवलाई सभापतिको उम्मेदवार घोषणा गर्दै केन्द्रिय सदस्य रिजालले शेर बहादुर देउवाको काँधमा धेरै जिम्मेवारी रहेको छ । जिम्मेवारीलाई सघाउन र अगामी तीन तहकै निर्वाचनमा नेपाली काँग्रेका उम्मेदवारलाई जिताउन देउवा पक्षका उम्मेदवारलाई जिताउन सबैमा आग्रह गरे ।
धनुषा सभापतिका उम्मेद्वार सन्तोष यादवले सभापतिका उम्मेदवार यादवले आफु सभापतिमा विजयी भएमा अहिलेसम्म नभएको कार्य गरेर देखाउने दाबी गर्दै आउंदाे तीनवटै तहमा बढीभन्दा बढी सिट जिताउने प्रतिबद्धता जनाए ।
यसअघि विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारलाई सभापतिको उम्मेदवार घोषणा गरिसकेका छन् भने काेइराला समुहबाट दिनेश प्रसाैला उम्मेद्वार रहने चर्चा छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !