जनकपुरधाम । धनुषाको लक्ष्मिनियां गाउंपालिका स्थित एक प्लाष्टिक उद्योगमा भएकाे आगलागीमा १० करोड बराबरको क्षति भएको छ ।
गाउँपालिका ७ भगवतीपुरस्थित नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा सो बराबरको क्षति भएको जनाइएकाे छ ।
सोमबार राति करीब डेढ बजे उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्लास्टिकजन्य सामान भएको कारण क्षतिबाट राेक्न नसकिएकाे प्रवक्ता बस्नेतले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !