जनकपुरधाम । जनकपुरधाम स्थित श्री गणेश युवा कमिटीले आफ्नाे २३ औं वार्षिकाेत्सवमा महिला पत्रकारहरुलाई सम्मान गरेको छ ।
कमिटीले वार्षिकाेत्सवमा मनाइरहेकाे ‘श्री गणपति सप्ताह २०७८ क्रममा पाँचौ दिन मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृती दिवस समेत पर्न गएकाले जनकपुरधाम कर्मक्षेत्र बनाएर पत्रकारिता गर्ने करिव डेढ दर्जन महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।
कमिटीका निर्देशक समेत रहेका पत्रकार पुरन साह रौनियार र कमिटीका उपाध्यक्ष पत्रकार संजय साहको पहलमा कमिटिले क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि पुर्व संघिय सञ्चार राज्यमन्त्री सुरिता साहले उमा सिंहको नाउमा कम्तीमा प्रदेश २ मा प्रतष्ठिान बन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छिन् ।
स्व. सिंह मधेशको पत्रकारितामा खास गरि मधेशी मुलकी छोरीचेलीका लागि पत्रकारिता जगतमा प्रेरणाको स्रोत नै रहेकाले उनको सम्मानमा प्रतिष्ठान गठन हुनुर्पेमा उनको जोड थियो ।
निर्देशक रौनियारले कमिटिमा ६ जना पत्रकारहरु सदस्य समेत रहेको र ‘श्री गणपति सप्ताह २०७८’ मनाउने क्रममा स्व. पत्रकार सिंहको स्मृती दिवस पर्न गएकाले विशेष गरि क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरिएको बताए ।
कमिटिका अध्यक्ष सन्तोष महतोले शाहासिक पेशा अपनाएर सक्रिय पत्रकारिता गरेरहेकी र विभिन्न माध्यमले कमिटीको सम्र्पकमा आएकी महिला पत्रकारहरुलाई सम्मान गर्न पाँउदा खुसी लागेको बताए । साथै आर्थिक रुपले कमजोर पत्रकार प्रतिभा झालाई सम्मानका साथै नगद ५१ सय सहयोग समेत गरिएको उनले बताए ।
नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्रले गायत्रीले समाचार रुममा महिला सहभागिताका लागि अभियानी जस्तै काम गरेकी स्व. सिंहको विभत्स हत्या भएको दिन सम्झिन मन नभएपनि उहाँको स्मरणकै नाममा भएपनि त्यो दिन सम्झिदा धेरै दुःख लाग्ने गरेको बताइन ।
प्रदेश २ उपाध्यक्ष ज्योती झाले स्व. सिंहलाई स्मरण गरेर मात्र नहुने भन्दै उहाँको स्मृती र सम्मानमा संस्थागत कृयाकलाप हुन पर्ने बताइन ।
धनुषा अध्यक्ष मनिका झाले पत्रकारको हत्यारालाई राष्ट्रपतिले आममाफी दिने देशमा पत्रकारिताको सुरक्षाको कुरा सोभनिय नरहेको बताइन । सो अवसरमा पत्रकार स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ की प्रदेश सदस्य प्रतिभा झा, बरुणा कर्ण, कैलाश दासका साथै पत्रकारहरु कमल साह, माला राय, चाँदनी झा, आरती मण्डल, स्मृती मिश्र, प्रिया कर्ण सहित महिला पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रमको संयोजन जमुना भुजेलले गरेकी थिइन । सोहि अवसरमा कमिटी प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कमिटिले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !