जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकाे आराेप लगाएका छन ।
धनुषाको पोर्ताहामा प्रहरीले चलाएको रबर बुलेट लागेर घाइते भएका आफ्ना पार्टीका कार्यकर्तालाई भेट्न प्रादेशिक अस्पताल पुगेकाे बेला अध्यक्ष राउतले यस्ताे आराेप लगाएका हुन ।
संचारकर्मीसंग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाएर दमन गरेकोले यो आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिए ।
राउतले भने, ’प्रहरीले प्लास्टिकको गोलीसँगै अन्य गोली पनि प्रयोग गरेको देखिएकाे छ । प्रहरीलाई अनुरोध गरेरै आफ्ना नेता कार्यकर्ताहरु दुई घण्टा राजमार्गमा धर्ना बसाएकाे क्रममा
प्रहरीद्वारा क्रुर दमन गरिएकाेले दमन बन्द नभए किसान आन्दोलन अझ नयाँ ढंगले अघि बढाउनेछु ।
उनले काठमाडौंको अराजक आन्दोलनमा पानीले भिड नियन्त्रण गर्ने नेपाल प्रहरीले मधेसमा सामान्य आन्दोलनमा पनि गोली हान्नु मधेससँगको नश्लीय विभेद रहेको आराेप लगाए ।
आज दिउंसाे धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–८ स्थित पोर्ताहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले रबरको गोली चलाउँदा ५ जना प्रदर्शनकारी घाइते भएका थियाे ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र उनीहरुको अवस्था अब खतारामुक्त रहेको चिकित्सकले जनाएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !