जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गरेकाे प्रदर्शनकाे क्रममा प्रहरीसंग भएकाे द्विपक्षीय झडपमा परी धनुषाकाे पाेर्ताहामा प्रहरी सहित एक दर्जनभन्दा बढी घाइते भएकाे छ ।
जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच भएको द्विपक्षीय झडपमा ८ प्रहरी र ५ प्रदर्शजकारी सहित १३ जना घाइते छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको थियाे । झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार झडपको क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यासँ प्रहार गरिएकाे छ ।
प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट ८ जना घाइते भएको जानकारी दिए । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका एकजना घाइते भएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !