जनकपुरधाम । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका पक्राउ परेका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जनामध्ये ९ जना रिहा भएका छन ।
किसान आन्दोलनको तेस्रो दिन शुक्रबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।
चन्द्रनिगाहपुरबाट पक्राउ जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना बिना शर्त रिहा भएका हुन ।
उनीहरुलाई चन्द्रनिगाहपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीचकाे विवादले अवस्था तनावग्रस्त बनेको छ ।
त्यस्तै, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताहरुले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी समेत गरेका छन् ।
किसान आन्दोलनलाई समर्थन जनउंदै प्रदर्शन गर्दा कपिलवस्तुबाट समेत जनमत पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको थियाे ।
प्रहरीले पार्टीका जिल्ला उपाध्यक्ष राम भुवन हरिजन, सचिव भगवानदास यादव, जिल्ला सदस्य शिवसुन्दर जैसवाल र एकजना किसान साहबदिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जनइएकाे छ ।
जनमतका कार्यकर्ताहरुले आज धनुषा, बाँके, रुपन्देही, कपिलवस्तु लगायतका ठाउँहरुमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्दै राजमार्ग अवरूद्ध पारेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !