जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गर्ने भएको छ ।
बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा पुस १७ गतेदेखि पुस १९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी नेकपाका संयोजक ऋषिराम कट्टेलले जानकारी दिए ।
सम्मेलनको उदघाटन नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा भर्चुअल माध्यमबाट भई सकेको कट्टेलले बताए । गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेश स्तरीय ६वटा समुह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथी छलफल समापन भई सकेको छ ।
पुस १७ गतेदेखि पुस १९ गते सम्म जनकपुरधाममा हुने राष्ट्रिय सम्मेलनमा यी प्रतिवेदनहरुलाई पारित गरी नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको संयोजक कट्टेलले बताए ।
राष्ट्रिय सम्मेलनको विषयमा संचारकर्मीहरुसंग कुरा गर्दै कट्टेलले एमसीसी देशका लागि घातक रहेकोले यो सम्झौता कार्यान्वयन नहुन दिनका लागि सबैले एक हुनुपर्नेमा जोड दिए ।
उनले चिनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि नेपालमा एमसीसी कार्यान्वयन तर्फ अमेरिका लागेको दावी गरे । उनले भने ‘चिनको बढ्दो सामरिक शक्तिलाई निस्तेज गर्ने उद्देश्यले अमेरिकाले एमसीसीको नाममा नेपाललाई रणनीतिक कृडास्थल बनाउन लागि परेको छ, त्यो बन्न दिनु हुँदैन ।’
अहिले अन्य राजनीतिक दलहरु असमञ्जसमा छन्, पछि उनीहरु पनि हाम्रै लाइनमा आउने कट्टेलको दावी थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !