जनकपुरधाम । डा. सीके राउत नेतृत्वकाे जनमत पार्टीले आउंदाे निर्वाचन र आन्दोलनका चन्दा अभियान थालेकाे छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले आन्दाेलन र निर्वाचनका लागि पैसाकाे जरूरी हुने भएकाेले आर्थिक व्यवस्थापनका लागि आर्थिक सहयोगका लागि अपिल जारी गरेका छन् ।
उनले जारी गरेकाे अपिलमा आर्थिक व्यवस्थापनका लागि खडा गरिएकाे ‘आन्दाेलन तथा निर्वाचन काेष’ काे खातामा आ आफ्नाेतर्फबाट सक्दाे सहयाेग गर्न भनिएको छ ।
जनमत पार्टी जनताको विभिन्न माग लिएर आन्दोलनरत रहेको र आउँदो निर्वाचनमा विजय हासिल गरी जनताराज स्थापना गर्ने तथा घर-घरमा रोजगारी दिनका लागि तयारी समेत थालेको भन्दै ‘आन्दोलन तथा निर्वाचन कोष’ खडा गरेकाे हाे ।
जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको नाममा मेगा बैंकमा रहेको ०६४००५८१०४१२२ नम्बरकाे खाता समेत सार्वजनिक गरेको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !