जनकपुरधाम। प्रदेश २ को नाम र स्थायी राजधानीका लागि समिति गठन गरिएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरिएको जनाइएकाे छ ।
प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलिय सहमतिको आधारमा समिति गठन गरिएकाे प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जनाएकाे छ ।
समितिका उपसभापतिमा उपसभामुख उपमा देव रहेका छन् भने सदस्यहरुमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्वर साह, विन्देश्वर प्रसाद यादव, सत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, शुन्दर बहादुर विश्वकर्मा र सुरीता साह रहेकी छिन् ।
समितिले प्रदेशसभामा नामाकरण र राजधानीका लागि पेश भएको प्रस्ताव अध्ययन तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरी प्रदेशसभामा निर्णयार्थ पेश गर्ने विषय यकिन गरी प्रदेशसभामा पेश गर्न १५ दिनको समावधि दिइएको छ ।
समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरुसँग सहयोग लिन सक्ने सभामुख यादवले जनाएका छन् ।
प्रदेशको नामाकरणका लागि प्रस्ताव
प्रदेश’,‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेश भएको छ । त्यस्तै नामका लागि जनकपुरधाम र वीरगंज प्रस्ताव पेश भएको छ ।
सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि समिति गठन गरेर प्रदेशसभा बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !