जनकपुरधाम। भाेली बुधवार धनुषामा पनि जनमतले चक्का गर्ने भएकाे छ ।
जनमत पार्टी धनुषाले एक प्रेस विज्ञप्ति जारी गरि सिरहाकाे आन्दाेलनलाई समर्थन जनाउंदै धनुषा जिल्लाभरि चक्का जाम गर्ने घोषणा गरेको हाे।
जनमत धनुषाका अध्यक्ष दिपनारायण यादवद्वारा जारी विज्ञप्तीमा मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र भोली जिल्लाभर चक्का जाम गर्ने भनिएकाे छ ।
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले सिरहामा आन्दोलन थालेको छ। आन्दाेलनकाे क्रममा दर्जनाै गाडीमा ताेडफाेड तथा आगजनी गरेकाे छ भने जनमतका एक दर्जनभन्दा कार्यकर्ता पक्राउ समेत परेकाे छ ।
तनावग्रस्त अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सिरहामा दुई दिनका लागि निषेधाज्ञा जारी समेत गरेकाे छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र नछाडे सिरहाका एसपीलाई जनकारवाही गर्ने धम्की समेत दिएका छन् ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !