Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गीरहतको बइनमा गुजारा गर्ने पवन देवीको आश : हाम्रो जीवनमा उज्यालो आउँछ


गीरहतको बइनमा गुजारा गर्ने पवन देवीको आश : हाम्रो जीवनमा उज्यालो आउँछ

एसके कर्ण
पवन देवी खत्बे हाम्रो जीवनमा पनि उज्यालो आउने आशमा बाँचिरहेकी छिन । ६ जनाको परिवार पाल्न आफ्नो श्रीमान चन्दे खत्बे संगै उनी ६० वर्ष उमेर कटिसकेपनि दिनभरि मजदूरी गर्दै आएकी छिन ।

गीरहत (जमीन्दार) शासनको शिकार भई पवन देवी पनि तराई मधेश हजारौ हरुवा (हल्लो जोत्ने) चरुवा (गाईभैंसी चराउने) मध्ये धनुषा जिल्ला मिथिला बिहारी नगरपालिका कचुरी की दलित परिवारकी पनि देवी एक हुन ।

उनी गाउँकै गिरहत बेचन साह (सूडी) कहाँ तीन दशकभन्दा बढी समयदेखि बन्धुवा मजदूर भई सलाना मात्र ३ मन (एक क्विन्टल २०) किलो धान बईनको मजदूरीमा आफ्ना, छोरा र श्रीमान संगै बिहानदेखि बेलुकासम्म खेतदेखि घरको भाँडा माँझ्नेसम्मका काम गर्दै आएकी छिन । सम्पतिको नाममा उनीसँग ऐलानी अढाई धुर जग्गामा बनाइएको फुसको घर, मजदूरी गर्ने शरीर र बर्षातबाट बच्न घरको छाप्रोमा उजेरपुजरेका प्लास्टिक बाहेक केही छैन ।

हरुवा चरुवाको अवस्था बुझ्न हामी रिपोर्टिंगमा जाँदा उनी आफ्नो पीडा सुनाउंदै भन्छिन — हाम्रो जीवनमा पनि उज्यालो आउंछ भन्ने आशमा जीवन बाँचि रहेकी छु । बिहानदेखि बेलुकासम्म गिरहतकै घरमा मजदूरी गर्दा गर्दै दिन बित्छन । गिरहत कहाँ काम नहुँदा मात्रै बाहिर काम गर्न पाउंछु । गिरहत कहाँ काम भएको अवस्था अरु ठाउँमा काम गर्दा सलाना मजदूरी वापत पाउने बइन कट्टा गर्छन, त्यसका साथै कामबाट निकाल दिने धम्की समेत दिने गर्छन ।

गिरहत कहाँ काम नभएको अवस्थामा पनि सधैं होइन कहिलेकाहीं मात्रै बाहिर उनी काम पाउंछिन । हामी जाँदा सो दिन गिरहत कहाँ काम नहुँदा उनी गाउँ नजिकै निर्माण भईरहेको सडकमा काम गर्न उनी गएकी रहेकि छिन । तर सो दिन उनी सडक निर्माणमा काम पाएनन्, रितै हात फर्केकी रहेछिन ।

हातमा ढाकी र काँधमा बेल्चा लिएर घर फर्केकी पवनदेवी सँग, के हामीसँग कुरा गर्न काम छोडेर आउनु भो कि भन्ने प्रश्नको जवाफमा उनी आँखा रसाउंदै होइन हजुर काम नपाएर फर्केकी हुँ, के गर्ने हामी दलित गरीबको जीवन नै यस्तो हो । काम पाउंदा खाने नपाए भोखै बस्ने ।

ऐलानी पर्ती जग्गामा बनाएको फुसको घरमा उनले हामीलाई लग्यो, बस्न अर्काकै घरबाट कुर्सि ल्याएर दिइन । आफै भूई मुनि बसेर आफ्नो नातिनीलाई गोदमा खेलाउंदै भनिन् के कामले आउनु भो हजुर हामी गरीबको घरमा । उनको यो कुरा सुनेर हाम्रो पनि आँखा रसायो । उनको कुराभन्दा पनि घरको जर्जर दयनीय अवस्था हेरेर आँखा रसाएको थियो, पटक पटक एउटै कुरा मनमा खेलि रहयो, मात्र सलाना ३ मन धान बईनमा कसरी ६÷६ जनाको पेट पालिरहेकी छिन पवन देवी ।

फुसको घरमा बस्दै आएकी पवन देवीसँग हामी सोध्यो पवनजी अहिले जीवन कसरी व्यतित गरिरहनु भएको निकै कष्टदायी होला, हाम्रो प्रश्नको जवाफ दिदैं उनले भनिन् कसरी जिवन व्यतित गर्नु गिरहत बेचन साह सुडीले सलाना दिने गरेको ३ मन बईन धानकै भरमा बाँचिरहेकी छु । उनी कहाँ काम पाए खाने नपाए भोखै बस्ने यस्तै जीवन बिताई रहेकी छु ।

सलाना ३ मन धान बाहेक अरु कुनै आय आर्जनको श्रोत बारे उनले भनिन अरु के हुनु सालमा २/३ महिना धान रोपनी र कटनीमा दैनिक ४ किलो बईन गिरहत कहाँ नै पाउने गरेकी छु । यी बाहेक उनीहरु खाए पश्चात बाँचेका बासी खाना पाउने गरेकी छु ।

कुनै आय आर्जनको श्रोत नभएपछि कपडा लता, बिरामी पर्दा औषधोपचार नगद खरीद गरिने तरकारी, तेल मसाला, साबुन सर्फ लगायतका कुरा कसरी म्यानेज गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ आँखाको आसु पुछदै उनले भनिन् कपडा लता कहाँबाट किन्ने हजुर गिरहतले दिएको पुराना लुगाफाटाले नै काम चलाउने गरेकी छु । औषधोपचार र नगद खरीद गर्ने वस्तु बाहिर देहारी मजदुरी पाएको अवस्थामा त्यसबाट काम चलाउने नभए गिरहतबाट ५ रुपैया सयकडामा ऋण लिई काम चलाउने गरेकी छु ।

आर्थिक उपार्जनको थप श्रोत नभएको अवस्थामा ती ऋण गिरहत कहाँबाट चुक्ता गर्नु हुन्छ भन्ने प्रश्नमा उनले सलाना पाउने गरेको धानबाटै वा धान रोपनी कटाईको समयमा पाउने बईनबाट चुक्ता गर्ने गर्छु । पवन देवीको परिवारमा उनका श्रीमान चन्दे खत्बे, १९ वर्षिय छोरा सुनिल खत्बे, बुहारी र दुई नातिनी सहित ६ जना सदस्य छन । ससुराकै पालामा तीन दशक अघि वर्ष १ मन बईन धानमा उनी बेचन साह कहाँ बन्धुवा मजदूरको रुपमा काम थालेकी हुन ।

यी कारुणिक पीडादायी जीवनका बीच उनको आँखामा कत न कतै आफ्नो जीवनमा पनि उज्यालो आउँछ भन्ने आश छ । यी आश उनको आँखामा फ्रीडम फण्डको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) ले चलाएको हरुवा चरुवाहरुको जीवनस्तर स्तरोन्नतिका लागि संचालन गरेको सामूहिक कार्यक्रमले पलाएको छ ।

करीब ४/५ महिना अघि उनी हरुवा चरुवाहरुको जानकी भन्ने समूहमा आबद्ध भएकी छिन । समूहमा आबद्ध भएपछि उनले साना व्यवसाय संचालन र प्रवद्र्धन सम्बन्धी तालिम पाएकी छिन । तालिम लिएपछि आफूपनि बजार वा चौकमा मुरही कचरी, चनाचटपटी वा तरकारीकै साना व्यवसाय खोलेर दैनिक आयआर्जनको श्रोत खुल्ने भन्ने एउटा आश मनमा जागेको उनी बताउंछिन । उनी भन्छिन समूहको नियमानुसार मासिक एक सय रुपैया समेत समूहको बचत खातामा जम्मा गरिरहेकी छु ।

हरुवा चरुवाहरुका लागि कार्यक्रम संचालन गर्ने सिआईसीबाट दस हजार रुपैया साना व्यवसायका लागि बिना धितो र ब्याजको पाउँछु आश्वासन पाएको छु । त्यसबाट नै आफ्नो व्यवसाय संचालन गर्नेछु । गिरहत कहाँको बन्धुवा मजदूरको जिन्दगी त्यागेर ती व्यवसायमै परिवारका सबै सदस्य खटेर दिनरात मेहनत गर्नेछु भन्न आत्मविश्वास पवन देवीमा जागेको छ ।

हरुवा चरुवाहरुको बालबालिकाका लागि सिआईसीले संचालन गरेको टिउसन कक्षामा समेत ४ वर्षिय जेठी नातिनीलाई पढन दैनिक रुपमा बिहान पठाउने गर्छिन । उनले भनिन अहिले त भर्खर पढन सुरुवात नै गरेको छ, केही दिनमै विद्यालय भर्ना गरेर दिनरात मेहनत गरेर दुवै नातिनी पढाउनेछु । यदि त्यति दिनसम्म बाँचिसके भने नातिनीहरुलाई पढाएर लेखाएर ठूलो मान्छे नै बनाउनेछु भन्ने अठोट समेत पवनदेवीको रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ पुष १२, सोमबार १४:३०
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ पुष १२, सोमबार १४:३०
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ पुष १२, सोमबार १४:३०
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ पुष १२, सोमबार १४:३०
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ पुष १२, सोमबार १४:३०
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ पुष १२, सोमबार १४:३०

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव