जनकपुरधाम । आमहड्ताल गरि गाडीमा ताेडफाेड गरेकाे आराेपमा प्रहरीले जनमत पार्टीका करीब आधा दर्जन कार्यकर्ता पक्राउ गरेकाे छ ।
किसान विरूद्ध झुठा मुद्दा लगाएकाे र पक्राउ गरेकाे भन्दै जनमत पार्टीले आइतवार आमहडताल घाेषणा गरि बन्द अवज्ञा गरेकाे भन्दै दर्जनाै गाडीमा ताेडफाेड गरेका थिए ।
बन्दकर्ता जनमत पार्टी नेता कार्यकर्ताहरूले सिरहाको गोलबजारदेखि मिर्चैयासम्म दर्जनौं गाडी तोडफोड गरेका हुन।
गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप समेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बुझिएकाे छ ।

बन्द अवज्ञा गरेकाे भन्दै गाडीमा ताेडफाेड गरेकाे आराेप मिर्चैया प्रहरी ४ जनालाई पक्राउ गरिएकाे ईप्रका मिर्चैयाले जनाएकाे छ । केहीलाई गाेलबजारबाट पक्राउ गरिएकाे कुरा जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।
जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा केही बेर सवारी साधन चल्न सकेको थिएन । तर सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले केही गाडीमा ताेडफाेड भएपनि राजमार्गमा सबैथाेक संचालन नै रहेको दाबी गरेका छन ।
औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले औरही गाउंपालिका ३ निवासी किसान मिथिलेश यादवलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।
पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !