जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे सम्पन्न अधिवेशनबाट नयां नेतृत्वमा पदाधिकारीहरूमा पनि देउवा समुहले नै कब्जामा लिएका छन ।
शुक्रवार राति सम्पन्न मतपरिणाम अनुसार उपसभापतिमा देउवा समुहका बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् भने सभापतिमा देउवा समुहका कृष्ण यादव यसअघि नै विजयी भइसकेका छन ।
चन्द्रशेखर यादवले ८९५ मत र बिरेन्द्र प्रसाद सिंहले १०१९ मत ल्याई र्निवाचित भएकाे निर्वाचन समितिका सदस्य अरूण यादवले जनाएकाे छ । उपसभापति विमलेन्द्र निधि र काेइराला समुहका समर्थन पाएका धनलाल ठोकरले ६३६ बिनोद कुमार खनालले ७४० र राधा प्रसाद यादव १२४ मत ल्याई पराजित भएकाे छ ।
त्यसै गरि महामन्त्रीमा पनि उपेन्द्र कुमार यादब र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएकाे छ भने सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकाे छ ।
महामन्त्रीमा उपेन्द्र कुमार यादवले ९५९, बृहस्पति कृष्ण श्रेष्ठले ७८८, सहमहामन्त्रीमा जय नारायण प्रसाद यादव ८७९, पशुराम चौधरीले ८२२, सह महामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याई र्निवाचित भएकाे निर्वाचन समिति सदस्य यादवले जनाएकाे छ ।
असन्तुष्ट पक्षद्वारा उजुरी
महामन्त्रीमा १३ मतान्तरले पराजित भएका काेइराला समुहका नरेश यादवले मतपरिणाम प्रति आपती जनाउदै उरुरी दिएका छन् ।
उनलाई पहिला विजयी भनेर घोषणा गरिएको थियाे तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरेपछि उनले पुनः मतगणनाकाे मांग गर्दै निर्वाचन समितिमा उजुरी दिएका छन् ।
अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएपनि निर्वाचन समितिमा उजुरी दिएर शान्त भएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !