जनकपुरधाम । प्रदेश २ को नामाकरणका लागि ५ वटा प्रस्तावमा चार वटा नाम प्रदेशसभा बैठकमा पेश गरिएकाे छ ।
बिहिवार बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ सहितकाे नामकाे प्रस्ताव पेश गरिएकाे छ ।
सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेश प्रस्ताव पेश गरिएको छ भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको हो ।
त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेश गरिएको छ भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेश गरेको छ । त्यस्तै कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश प्रस्ताव पेश गरेको छ।
जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका छन ।
नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेश हुन सकेन । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीमा थियाे ।
तर एमाले प्र देश सभामा उपस्थित नभएकाे कारण साे प्रस्ताव हटाइएकाे बुझिएकाे छु ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !