जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान शुरु भएको छ ।
बिहान ८ बजेदेखी मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा पहिलो मत खसे संगै मतदान शुरु भएको हो ।
पहिलो मत सभापति पदका उम्मेद्वार कृष्ण यादवले खसाएका छन भने दोस्रो मत अर्का सभापति पदका उम्मेद्वार रामसरोज यादवले मत खसाएका छन ।
मतदानका ४ वटा बुथ बनाइएको छ । एउटा बुथमा २/२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको संग संगै बुथ बनाइएको छ । सभापति, पदािकारी र सदस्य गरि प्रत्येक बुथमा ३/३ वटा मत पेटिका राखिएकाे छ ।
मतपेटिकाकाे रूपमा ड्राम प्रयाेग गरिएकाे छ । ७२ पदका लागि १७४ जना उम्मेदवारी दिएका छन भने १ हजार ९ सय २० मतदाता रहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !